अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करीलगायतका मुद्दामा छलफल हुने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताउनुभएको छ ।
मलेसियामा बन्धक बनाइएका १३ जना नेपालीको उद्धार भएको छ । उद्धार भएकामध्ये छ जना भोलि (मङ्गलबार) स्वदेश फर्किने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहायप्रसाद यादवले सङ्घीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र समावेशीलाई संस्थागत गरेर कार्यान्वयन गर्नु अहिलेको संसद्को जिम्मेवारी भएको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व संसदीय दलका नेता शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यक रहेको बताउनुभएको छ ।
‘मिस्टर नेपाल वर्ल्ड’ २०२२ का विजेता नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो ।
प्रतिनिधि सभा बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताउनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि बनेको नयाँ सरकारले सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने भएको छ ।
प्रतिनिधि सभाका झलकहरुतस्बिरः सुजन गुरुङ, केशब गुरुङ
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।
राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभासँगै राष्ट्रिय सभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।