मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।
काठमाडौँ, पुस २५ गते । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु. २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु. आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु. सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु. १६ हजार एक सय ४० कायम भएको छ ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु. छ सय ८५ भाडा घटेर अधिकतम रु. १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु. एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु. छ सय, काठमाडौँ–विराटनगरमा रु. चार सय ८५, काठमाडौँ–जनकपुरमा रु. दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु. दुई सय १५ र काठमाडौँ–पोखरामा रु. तीन सय २० भाडा घटेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हरायो ।
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारमा माओवादी दलको बैठक सुरु भएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ ।
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको न्यूनतम साझा कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ ।
पब्जी विश्वकपमा नेपाल दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भयो ।
निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ ।
नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।
ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबिच कारोबारको शुभारम्भ गर्नुभएको हो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा हालसम्म ३५० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ। आयोगले जिल्लाका नौवटा पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरण सुरु गरिसकेको हो। भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोट माझखर्कअन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो। समितिका अध्यक्ष श्रीधर पौड्यालले हालसम्म गुर्भाकोट र भेरीगङ्गा नगरपालिका तथा चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताउनुभयो। सोमबार वराहताल गाउँपालिकामा पनि पुर्जा वितरण गर्ने तयारी गरेको जनाइएको छ। समितिले काम थालेदेखि पालिकाहरूमा ३५० लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो।