अनलाइनमार्फत हुने अवैध कारोबारका वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायतका डिजिटल कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
ऐतिहासिक ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण भएको छ। विरोध र अनेकौँ चर्चा परिचर्चाका बीच अन्ततः गोरखा नगरपालिकाले शाहको सालिक निर्माण गरेको हो। गोरखा नगरपालिका–६, ठूलो आँगनको मध्यभागमा सालिकसहितको मनोग्रामसमेत बनाइएको छ। “सालिक राख्ने काम सकिएको छ। अरू काम अन्तिम चरणमा पुगिसकेको छ,” गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भन्नुभयो।
दक्षिण कोरिया जानका लागि युवाको आकर्षण बढिरहँदा यहाँका एक युवाले कोरियाको वैदेशिक रोजगार छाडेर गाउँमै माछापालन व्यवसाय गरेका छन्। चार वर्ष कोरिया बसेर बिदामा घर आउनुभएका अर्जुनचौपारी–१, ठाडो खेतका ३२ वर्षीय कमल अर्याल माछापालन व्यवसायमा लाग्नुभएको हो। मासिक डेढ लाखको कमाइ छोडेर अर्यालले स्वदेशमै केही गर्छु भनेर माछापालनमा लागेको बताउनुभयो।
यही धर्तीमा पापी र धर्मात्मा छुट्याउने उकालो छभन्दा कतिपयलाई पत्यार नलाग्ला तर पत्याउनै कठिन यो उकालो अन्नपूर्ण हिमालको फेदी खयरलेकमा पर्दछ। मयाग्दीको प्रसिद्ध धार्मिक स्थल खयरभारानी पुग्ने करिब चार सयदेखि पाँच सय पाइलासम्मको यात्रा गर्दा पापी वा धर्मात्मा के हो भनेर पहिल्याउने धार्मिक प्रचलन रहेको छ। स्थानीयवासी यो उकालोलाई धार्मिक विश्वास गर्छन्।
विराटनगर भन्सार कार्यालयले खुला सीमा क्षेत्रबाट चोरी तस्करी गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गत महिना विराटनगर महानगरपालिका–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्नेविरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेको हो । भन्सार कार्यालयका कर्मचारीमाथि मङ्सिर २३ गते राति आक्रमण प्रयास भएको थियो । त्यसको तीन दिनपछि विराटनगर–१७ का मोहमद सदाम मियाँलाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।
नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९ फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएकामा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
मधेश प्रदेशमा शीतलहरले जनजीवन अत्यन्त कष्टकर बनेको छ। बिहान बेलुका चिसो हावा र शीतलहरसँगै बाक्लो हुस्सुले कठ्याङ्ग्रिने गरेको छ। शीतलहरबाट जोगिन र न्यानो भएर बस्न गरिब, दलित बस्ती तथा बजारका चोकहरूमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ।
वालिङका ब्युटिसियनहरूले सौन्दर्य कलासम्बन्धी एड्भान्स तालिम लिन सुरु गरेका छन्। सहर बजारका महिला प्रायः नियमित नै ब्युटिपार्लर जाने गर्छन्, जसका कारण यो पेसामा लाग्नेहरूको आकर्षण पनि बढ्दो छ। “समयअनुसारको सीप हामीले पनि जान्नैपर्ने हुन्छ, त्यसैले समय–समयमा एड्भान्स तालिम लिने गरेका छौँ,” १५ वर्षदेखि वालिङमा ब्युटिसियनको काम गर्दै आउनुभएकी पमिला गुरुङले भन्नुभयो, “विदेशमा गर्ने गरिएका मेकअपका तस्बिर लिएर यस्तै बनाइदिनु प¥यो भन्दै आउनुहुन्छ, त्यसैले पनि हामीले सिक्नै प¥यो।” शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’अन्तर्गत महिला उद्यमशीलता कार्यक्रमअनुसार ब्युटिसियनहरूको दक्षता तथा सीप वृद्धिका लागि तालिम सञ्चालन गरिएको प्रशिक्षक पुष्पा अर्यालले बताउनुभयो।
पाँचथरमा चार वर्षपछि नापतौलका यन्त्रको जाँचसँगै दर्ता र नवीकरण गरिएको छ। गुणस्तर तथा नापतौल विभागले जिल्ला सदरमुकाम फिदिम, याङवरक र हिलिहाङका बजारमा यस्तो काम गरेको हो। विभागले स्थानीय उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भए नभएको जाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र दर्ता नगरी चलाइएका यन्त्र दर्ता गर्नेलगायतका काम गरेको हो।
सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न नहुने सरोकारवालाले बताएका छन् । नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समितिको बैठकमा सहभागीले यस्तो बताएका हुन् । पूर्वगृहमन्त्री तथा महासङ्घका सल्लाहकार बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौती अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताउनुभएको छ ।
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो ।
धनकुटाको शहीदभूमि गाउँपालिका–१ का वडा सचिव अहेव (अब्जुलेरी हेल्थ वर्कर) सुमितकुमार रामलाई सेवा प्रवाह गर्न निकै कठिन छ। उहाँ एकैले वडा तथा स्थानीय स्वास्थ्य चौकीमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ। स्थानीय स्वास्थ्यचौकीमा कार्यरत उहाँलाई वि.सं. २०७६ माघदेखि वडाको निमित्त वडा सचिवको जिम्मेवारीसमेत थमाइयो। त्यसपछि उहाँले निरन्तर वडा र स्वास्थ्य चौकीमा गरी दुईतिर सेवा प्रवाह गर्दै आउनुभएको छ। वडा कार्यालय र स्वास्थ्य चौकीको करिब एक घण्टाको पैदल दूरीमा रहेको छ।
चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला सोमबारदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो ।
विशेष अदालतबाट फैसला भएका आठवटा मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आइतबार अदालतमा पुनरावेदन दिएको हो । पुनरावेदन दिइएका मुद्दामा घुस तथा रिसवत, झुटा विवरण पेस गरी नपाएको ओहदा ग्रहण गरेकालगायतका विषयसँग सम्बन्धित छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो । वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई पराजित गर्दै निरौला निर्वाचित हुनुभएको हो । निरौलाले २८९ मत पाउनुभएको छ भने भट्टले २७५ मत प्राप्त गर्नुभयो ।