सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो ।
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।
पुल्चोक इन्जिनियरिङ् क्याम्पस ललितपुरका विद्यार्थीले वास्तुकला प्रदर्शनी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दललाई आग्रह गर्ने निर्णय गरेको छ।
तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्।
राहदानी छपाइमा देखिएको समस्या समाधान भएको छ ।
सोमबार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा जनप्रतिनिधिको अगुवाइमा बालविवाह रोकिएको छ। बालविवाह हुँदा प्रायः जानकारी नपाए झैँ गर्ने जनप्रतिनिधि पछिल्लो समय भने सक्रिय भएको पाइएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुने बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी छ।
पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ।