• १३ मंसिर २०८१, बिहिबार

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

blog

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौं, पुस २४ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। 

बैठकमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायतका नेता सहभागी हुनुहुन्छ। 

प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष यादवबीच आइतबार बिहान पनि छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले मंगलबार (पुस २६ गते) विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनुअघि सरकार सञ्चालनलगायत आगामी कदमबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच निरन्तर छलफल हुँदै आएको छ।