राहदानी छपाइमा देखिएको समस्या समाधान भएको छ ।
सोमबार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा जनप्रतिनिधिको अगुवाइमा बालविवाह रोकिएको छ। बालविवाह हुँदा प्रायः जानकारी नपाए झैँ गर्ने जनप्रतिनिधि पछिल्लो समय भने सक्रिय भएको पाइएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुने बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी छ।
पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ।
लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टिकटक स्टार सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो 'जहाँ तिमी अनि म' सार्वजनिक भएको छ ।
नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपराह्न नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।
शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ ।
ओखलढुङ्गाको मूलखर्कमा १० लाख खर्च गरेर ‘डम्फु पार्क’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्य रहेको सुनकोसी गाउँपालिका–५ मूलखर्कमा १० लाख खर्च गरेर पार्क निर्माण गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतका लागि आधिकारिक प्रस्ताव नआएको बताउनुभएको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्नुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।