नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
श्रीलंकाविरुद्ध टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । रोजकोटमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले श्रीलङ्कालाई ९१ रनले हरायो । यससँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ।
भैरहवा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको बताउनुभएको छ।
रुपन्देहीको थारु समुदायमा माघीको रौनक सुरु भएको छ । माघीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना हुने थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीले जनाएको छ ।
स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल म्याड्रिडलाई भिल्लारियलको नमिठो धक्का लागेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
नेवा: पत्रकारको राष्ट्रिय सङ्गठन नेवा: पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पत्रकार नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएका छ ।
ताप्लेजुङमा २०७८ को एसईईमा जिल्लामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) ताप्लेजुङले ३२ औं स्थापना दिवसको अवसरमा एसईईमा प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । ब्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो ।
कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ ।