काठमाडौं, पुस २४ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बैठक जारी रहेको लोसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिनुभयो।
उहाँले बैठकमा सङ्गठन विस्तार, समसामयिक राजनीतिक परिस्थिति सम्बन्धमा छलफल भइरहेको बताउनुभयो। मधेश प्रदेशको संसदीय दलको विधान संशोधनलगायत विविध विषयमा छलफल भइरहेको उहाँको भनाइ छ।