धनकुटा नगरपालिका–९, मूलघाटमा रहेको कौशिकी निम्न माध्यमिक विद्यालयमा शनिबार अर्थात् सार्वजनिक बिदाको दिनसमेत पठनपाठन हुने गरेको छ। यो विद्यालयमा शनिबारको साटो बुधबार साप्ताहिक सार्वजनिक बिदा दिइने गरिएको छ। यो चलन नयाँ भने हैन। विद्यालय स्थापना कालदेखि नै स्थानीय हटियाको दिन पारेर बिदाको सुरुवात गरिएको थियो। बुधबार सो क्षेत्रमा बुधबारे हटिया लाग्ने गरेको छ। सोही हटियालाई लक्षित गरी बुधबार सार्वजनिक बिदा दिने गरिएको हो। “विद्यालय स्थापनादेखि नै विद्यालय बुधबार साप्ताहिक बिदा दिइने गरिएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेका छौँ,” कौशिकी निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद लिम्बू भन्नुहुन्छ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो ।
नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन युट्युबबाट पढाइ सञ्चालनको तयारी गरेको छ । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयले आवश्यक उपकरण सहयोग गरेपछि शिक्षकलाई तालिम दिएर पहिलो चरणमा सदरमुकाम सिन्धुलीमाढीस्थित कमला मावि, सिद्धबाबा मावि र गौमती माविमा युट्युबबाट पठनपाठनको तयारी सुरु गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एउटा पनि नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताउनुभएको छ । महेन्द्र माध्यमिक विद्यालयमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तेस्रो कार्यकाल मेरानिम्ति चुनौतीपूर्ण अवसर हो । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु ।”
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय मङ्गलबार बस्ने बैठकबाट गर्ने भएको छ। सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइरहँदा पार्टीको रणनीति तयार गर्ने सन्दर्भमा सोही दिन निष्कर्षमा पुग्ने निर्णय गरेको हो। कांग्रेसका महामन्त्री गगनकुमार थापाले भन्नुभयो, “प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ। हामी त्यही दिन छलफल गरेर निधो गर्छौं। दोस्रो र तेस्रो पार्टीले सरकार बनाएर विश्वासको मत लिँदै गर्दा कांग्रेस प्रतिपक्षमा बस्ने हो। हामी विश्वासको मत दिँदैनौँ।”
आफू बस्ने कार्यालय जीर्ण भई असुरक्षित बनेपछि श्रमदानबाटै प्रहरीले भवन निर्माण गरेका छन्। अछामको ढकारी प्रहरी चौकीको छकोठे भवन मातहतका प्रहरीले श्रमदानबाट निर्माण सम्पन्न गरेका छन्। यसअघि मकवानपुरको सुनाचुरी प्रहरी चौकी प्रहरीले श्रमदानबाट भवन निर्माण सम्पन्न गरेका थिए। प्रहरी श्रमदानबाट हुम्लाको ठेहेमा प्रहरी चौकी निर्माण भइसकेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी मातहतका तीनवटा भवनसमेत प्रहरीले श्रमदानबाट निर्माण गरेका छन्। प्रदेश प्रहरी कार्यालयका दुईकोठे ब्यारेक, दुईकोठे भौतिक पूर्वाधार भवन र दुईकोठे कुकुर शाखा भवनसमेत प्रहरीले श्रमदानबाट निर्माण गरेका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले शान्तिसुरक्षाको दृष्टिकोणले अति आवश्यक भएका स्थानमा प्रहरीले श्रमदानबाट समेत प्रहरी चौकी बनाएको बताउनुभयो।
भूकम्पले तहसनहस बनेको पल्तोर मणि स्तूप पुनः ठडिएको छ । सो स्थानमा गुरु पद्मसम्भव बास बसेको किंवदन्ती रहेको छ । त्यही आधारमा त्यहाँ स्तूप बनाइएको थियो । तर २०७२ को भूकम्पबाट पूर्णतः ध्वस्त बनेको धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा ठडिएको स्तूपको व्यथा भने बेग्लै छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ।
आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ।
नेपाल अलैंची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ।
नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
गायक तथा सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ र गायिका शान्ति गजमेर सुनारको ‘रिसाऊ बरु सहन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
थारु समुदायबाट प्रतिनिधित्व गर्नु हुने सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आफ्नो समुदायको साझा मुद्दा प्रदेश सदनमा उठाउने प्रतिबद्धता जनाउनु भएको छ।