आर्थिक वर्ष सुरु भएको छ महिना बित्नैलाग्दा सिमकोट गाउँपालिकाले वित्तीय खर्च २२ प्रतिशत मात्र गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम आयोजना गरेर सो खर्च विवरण सार्वजनिक गरेको हो ।
स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो ।
माघे संक्रान्तिको पर्वको अवसरमा चाकुखाने चलन छ । जसका लागि काठमाडौंको टोखामा मंगलबार चाकु बनाउँदै व्यवसायी ।
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युनाइटेडले इङ्लिस प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ गोलले हरायो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको छ । शनिबार राष्ट्रपति भवनबाट साझा बसमा चढेर राष्ट्रपति भण्डारी त्यहाँस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुग्नुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कामलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो ।
विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले काठमाडौं नाईट्सलाई सात विकेटले हरायो ।
हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।
अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।
त्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडान खराब मौसमका कारण प्रभावित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।