• १ जेठ २०८१, मङ्गलबार

साताका सात तस्बिर

blog

माघे सङ्क्रान्तिको पर्वको अवसरमा चाकुखाने चलन छ । जसका लागि काठमाडौंको टोखामा मंगलबार चाकु बनाउँदै व्यवसायी । तस्बिर : सुजन गुरुङ


दैलेखको डुङेश्वर गाउँपालिका–२ उम गाउँमा रहेको नेपाली मौलिक शैलीको घर । तस्बिर : विशाल सुनार 


पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रबारदेखि सुरु भएसँगै भक्तपुरको हनुमानघाटमा माधव नारायणको व्रतको तयारी गर्दै व्रतालु । तस्बिर : सुजन गुरुङ


बिहान उपत्यकामा घाम लागेर आकाश र  वरिपरिका डाँडा सफ देखिएता पनि सहर बजार भने माथिबाट हेर्दा तुवाँलोले ढाकेको देखिन्छ । तस्बिर: शेखर चौलागाईं


सरस्वती पूजाका लागि विराटनगरको अमर टोल क्षेत्रमा बनेका माटाका मूर्ति । यसरी बनाइएका मूर्ति २५ सयदेखि सात हजारसम्ममा बिक्री हुने गरेका छन् । तस्बिर : सागर बस्नेत


भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल क्षेत्रमा लगाएको तोरी । तोरी यत्तिबेला फुलेको छ । तस्बिर : शेखर चौलागाँई


मोरङको लेटाङ क्षेत्रमा पर्ने चिसाङ खोलास्थित बनेको झोलुङ्गे पुलमा रमाउँदै स्थानीय पर्यटक । लेटाङ मोरङको पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । तस्बिर : सागर बस्नेत