• १ जेठ २०८१, मङ्गलबार

वायु प्रदूषणले ढाकेको उपत्यका (फोटो फिचर)

blog

काठमाडौं उपत्यकामा बढ्दै वायु प्रदूषण । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, पुस २३ गते । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।

जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डल भित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ ।


यतिबेला काठमाडौं उपत्यकामा पनि वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन । जसले गर्दा उपत्यकामा वायु प्रदूषण बढ्दै गएको हो । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ ।

नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ । वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा सवारी साधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ ।