• १२ साउन २०८१, शनिबार

नेपाल टी–२० क्रिकेट : विराटनगर प्लेअफमा

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै विराटनगर र काठमाडौंका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस २३ गते । विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले काठमाडौं नाईट्सलाई  सात विकेटले हरायो ।

जितका लागि काठमाडौंले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । विराटनगरलाई जिताउन कप्तान रोहित पौडेलले ६६ रन बनाउनुभयो । रोहितले ४२ बलमा पाँच चौका  दुई छक्काको सहयोगमा उक्त रनब जोड्नुभएको हो । 

गौरान्शु शर्माले अविजित ५१ र हुसेन तलत २१ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अविनाश बोहोराले दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । 

काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले ३४/३४ रन बनाउनुभयो । सन्दीप रजालीले ३०, कप्तान ज्ञानेन्द्र मल्लले अविजित २२ र बसिर अहमदले १७ रन बनाउनुभयो । बलिङमा विराटनगरका राज नाननले चार विकेट लिनुभयो । नन्दन यादव र रोहित पौडेलले एक एक विकेट झार्नुभयो । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।