बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा प्रदेश सरकारको सडक पूर्वाधार विकास कार्यालयअन्तर्गत मानखोला मन्दिरदेखि सूर्योदय माविसम्म पक्की सडक निर्माणका लागि गत आर्थिक वर्ष २०७८/७९ मा ४० लाख रुपियाँ बजेट विनियोजन भयो। ३० लाख ५७ हजार रुपियाँमा ठेक्का सम्झौता भयो। आर्थिक वर्षको अन्त्यतिर योजना सुरु भएका कारण सो वर्ष सानो कल्भर्ट र ग्राभेलको काम मात्रै भयो। हालसम्म १५ लाख ९३ रुपियाँ भुक्तानी पनि भएको छ। तर, योजना अलपत्र भएका कारण स्थानीय बासिन्दा कहिले निर्माण कम्पनी त कहिले जनप्रतिनिधि कहाँ धाइरहँदा समेत थप काम सुरु हुन सकेको छैन।
कोटावाडामा निर्माणाधीन सुनथराली विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सुरु भएको करिब ३८ वर्षमा विमानस्थल निर्माण पूर्णता पाउन लागेको छ। बिहीबार सुनथराली विमानस्थलको अवलोकनमा पुगेका जिल्लाका सरोकारवालाले आगामी वैशाख महिनासम्म विमान निर्माण पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।
डडेल्धुरा–सिराड–रुपाल सडकको बिरादे–बडरकोट–सिराड सडकखण्ड निर्माण एक वर्ष ढिलो हुँदासमेत सरोकारवाला निकाय चुपचाप रहेका छन्। कालोपत्रे गर्न २०७६ असार ३० गते शनिदेव निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। २०७८ पुस ३० गते कालोपत्रे गरिसक्न २४ करोड १८ लाख ९५ हजार रुपियाँ लागतमा नौ किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो।
कैलालीको भजनी नगरपालिका–५ स्थित करमदेव घाटमा काठेपुलबाट वारपार गरेबापत ठेकेदारले यात्रुसँग चर्को शुल्क असुल्दै आएका छन्। कान्द्रा नदीमा काठको पुल सञ्चालन गरेका ठेकेदारले नगरपालिकाले तोकेकोभन्दा दोब्बर बढी रकम असुल्न थालेको स्थानीयवासीको गुनासो छ। नगरपालिकाले मोटरसाइकलसहित प्रतिव्यक्तिको १५ रुपियाँ शुल्क निर्धारण गरेको छ तर ठेकेदारले मोटरसाइकलसहित प्रतिव्यक्तिको एकतर्फी ३० रुपियाँ शुल्क लिइरहेका छन्। अन्य पुलमा एकतर्फी मात्रै शुल्क लिने गरिए पनि यो घाटमा दोब्बर र दोहोरो शुल्क लिने गरेको यात्रुले बताएका छन्।
त्रिदेशीय उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
जाजरकोटका सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा स्थानीय उत्पादन प्रयोगमा ल्याएका छन्। विद्यालयमा दिवा खाजा कार्यक्रमका संयोजक चन्द्रबहादुर विश्वकर्माका अनुसार विद्यालयमा हरियो सागपात, अन्न समूह, गेडागुडी र अन्य समूह (मासु) गरी कार्बाेहाइडे«ड, खनिज, भिटामिन, प्रोटिनलगायत आवश्यक पोषण तत्वको सम्मिश्रणसहितको दिवा खाजाको व्यवस्था गरिएको छ।
नेपालको सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरले मच्चाउने गरेको व्यापक वितण्डा दिनहुँ बढ्दो छ । जंगल नजिकैबाट बिहानदेखि रातिसम्म बाँदरको हुलका हुल किसानका खेतबारीमा आउने र मकै भट्मास, कोदो, हिउँदे बर्खे बाली–नाली, मौसमी तरकारी फलफूल सखाप पार्ने गरेको छ । ऋण लिएर लगाएका अन्नबाली उखेलेर फाल्ने, नष्ट गर्ने र यसबाट बाली र ऋण चुक्ता गर्न नसकी किसानको टाउकोमा ऋण थोपरिँदै जाने गरेको छ । उनीहरूले ठूलो समस्या खेप्नु परेको छ । बिहानदेखि बेलुकासम्म बाँदर भगाउन थाल ठटाउँदा ठटाउँदै हेरुवा चौकीदारी गर्दागर्दै पनि बाली–नाली बचाउन नसकी हैरान भएका छन् । बालीको कुरुवा बस्दाबस्दै बालबालिकाले पढाइ छोड्नुपर्ने बाध्यता भएको छ । मिहेनत र लागत लगाएको खेती जोगाउन
गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आईटिएफ तेक्वान्दो सङ्घ गुल्मी र रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गको आयोजनामा यही पुस ३० गते दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको सङ्घका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
समाजसेवा शब्दमा दुई खण्ड छन्, एउटा समाज र अर्को सेवा । यसको सोझो अर्थ समाजको सेवा भन्ने हुन्छ । यो पारिभाषिक शब्द पनि हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म अँगाल्ने वा एकै स्थानमा बस्ने मानिसको समूहलाई जनाउँछ । कुनै विशेष सामूहिक उद्देश्य राखेर गठन भई कानुनी मान्यता प्राप्त संस्था पनि समाज हो । सभ्य र सज्जन मान्छे भेला भएर बस्ने ठाउँलाई समेत समाज भनिन्छ । सारांशमा मानव समूह, संस्था र स्थानबोधक शब्द पनि हो समाज ।
पौषशुक्ल पूर्णिमादेखि एक महिनासम्म घर–घरमा भनिने स्वस्थानी र शाली नदीको व्रत यही पुस २२ गतेदेखि आरम्भ भएको छ । कोभिड–१९ ले विगतका दिनमा जात्रा पर्वमा समस्या पारेको थियो । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शाली नदीक्षेत्र छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शाली नदी क्षेत्रले चिनिन्छ । शाली नदी श्रीस्वस्थानी देवीको पावन पीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ ।
केही समयअघि मात्रै मङ्सिर महिनामै काफल पाकेको समाचार सार्वजनिक भयो । मङ्सिर महिनामै हिमपातका खबर पनि बाहिरियो । हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेको, हिमताल फैलँदै गएका, हिमाल पग्लँदै गएका तस्बिर त धेरै पहिलेदेखि नै आइरहेका छन् । यति मात्र हैन, मौसमअनुसारको जङ्गली फलफूलको चक्र बदलिएको छ, कृषि उत्पादनमा पनि असर भइरहेको छ । यी सबैका कारण जलवायु परिवर्तनको प्रभाव हो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ । प्रतिनिधि सभाको अधिवेशन सुरु हुनुअघि संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
झापाको दमक र इलामको चुलाचुलीको सीमाबाट बग्ने रतुवा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भएको पाइएको छ। खोलामा अवैध रूपमा जेसीबीको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थ झिकिरहेको सूचना पाएपछि निरीक्षणमा गएर त्यो रोक्न निर्देशन दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो।
धनुषाको धनौजी गाउँपालिका–२, गौरदाहाका लगन महरा ८१ वर्षको हुनुहुन्छ। ज्यानले अशक्त उहाँ श्रीमती र परिवारको पेट पाल्न यतिका उमेरमा पनि कृषि मजदुरी गर्न बाध्य हुनुभएको छ। श्रम बन्धकीमा परेपछि महरा अरूको खेतबारीमा काया खियाउन विवश हुनुभएको हो। विगत १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलको खेतबारीमा हरुवाचरुवाका रूपमा काम गर्दै आएको महरा बताउनुहुन्छ। उहाँले भन्नुभयो, “घरमा आराम गरेर बस्नुपर्ने भए पनि काम गर्नुपर्ने हाम्रो बाध्यता छ। भोको पेटले उमेर देख्दैन।”
सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘स्मार्ट बोर्ड’ प्रयोगमा ल्याएको छ। विद्यालयमा विद्यार्थीलाई टिकाउन स्मार्ट बोर्डको प्रयोगमा ल्याएपछि शिक्षण प्रभावकारी भई विद्यार्थी सङ्ख्या पनि बढेको छ। ग्रामीण भेगका विद्यार्थीसमेत उक्त विद्यालयमा जान थालेका छन्।