• १३ असोज २०८१, आइतबार

नेकां संसदीय दलको बैठक आज बस्दै

blog

काठमाडौँ, पुस २३ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ । प्रतिनिधि सभाको अधिवेशन सुरु हुनुअघि संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकाले संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने र समसामयिक विषयमा पनि छलफल गर्ने बैठकको एजेन्डा रहेको बताउनुभयो । यसअघि शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।