श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ । प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा (अन्डा उत्पादन गर्ने माउ)का लागि दाना उत्पादन सुरु गरेको हो । यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो ।
सिन्धुलीका स्थानीय तहले नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गर्दै गएका छन्। हरिहरपुरगढी गाउँपालिकामा शिलान्यास गरी अस्पताल बनाउन सुरु गरिएको छ। वडा नं. २ को रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरी निर्माण सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले जानकारी दिनुभयो। उहाँका अनुसार बागमती प्रदेश सरकारको २१ करोड ८१ लाख रुपियाँको लागतमा २०८१ साल असारसम्म सम्पन्न गर्ने गरी अस्पताल निर्माण सुरु गरिएको हो।
स्थानीय सेवाग्राहीले कीर्तिपुर नगरपालिकाको ‘हेलो मेयर’को टेलिफोनमा आफ्नो निजी जग्गामा अरूले बाटो बनाइसके भन्ने गुनासो गरेका छन्। सडकपेटीमा राखिएका फुटपाथ हटाउनु प-यो, नगरपालिकाको भित्री टोलको सडक बिग्रिएको छ, सडक छिटो बनाउनु प-यो भन्नेजस्ता गुनासा धेरै आउने गरेका छन्। बाजुराको बूढीनन्दा नगरपालिकाले सञ्चालन गरेको ‘हेलो मेयर’को टेलिफोनमा घरको धारोमा पानी आएन, पानी आउने व्यवस्था गर्नुप-यो, वडा कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन समस्या भयो भन्ने गुनासा धेरै आउने गरेका छन्। कतिपय स्थानीय तहले सेवाग्राहीका जनगुनासो सुनुवाइ गर्न ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गर्न थालेका छन्। सेवाग्राहीले उठाएका समस्या सम्भव भएसम्म तत्काल समाधान गर्ने र नीतिगत तहमा समाधान गर्नुपर्ने भए स्थानीय तहको सभामार्फत कानुन निर्माण गर्ने उद्देश्यले हेलो मेयर कार्यक्रम सञ्चालन गरिएको छ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ। विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ। अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ।
प्रतिनिधि सभाको बैठक सञ्चालन हालकै मौजुदा नियमावलीका आधारमा हुने भएको छ। नयाँ नियमावली तर्जुमा वा संशोधन प्रक्रिया पूरा नभएसम्म प्रतिनिधि सभा नियमावली २०७५ अनुसार नै बैठक सञ्चालन हुने सर्वदलीय सहमति भएको हो। नियमावली संशोधनको निक्र्योल गर्न अधिवेशनको पहिलो बैठकबाटै समिति बनाउने तयारी पनि दलहरूबीच भएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष मस्यौदा प्रस्ताव बुझाउँदै छ। नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको शुक्रबार बसेको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेट गर्नुभएको छ। प्रधानमन्त्रीको निम्तापछि खतिवडाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गर्नुभएको हो। प्रधानमन्त्रीसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रहसमेत गर्नुभएको थियो।
विभिन्न नाममा नेपाली तथा विदेशी नागरिकलाई समेत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम घर भई हाल काठमाडौँको चाबहिलमा बस्दै आएका पृथ्वीबहादुर शाह, अछाम घर भई चाबहिलमै बस्दै आएका विजयविक्रम शाह, जाजरकोट घर भई चाबहिल बस्दै आएका चक्रबहादुर खत्री, दोलखा घर भई बूढानीलकण्ठ बस्दै आएका अनुप खड्का, नवलपरासी (पश्चिम) घर भई बूढानीलकण्ठ बस्दै आएका रुकमाङ्गत काफ्ले र अछाम घर भई चन्द्रागिरि बस्दै आएका रङ्गबहादुर साउद रहेका छन्। उनीहरूलाई सिफल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। विभिन्न नाममा १२ वटाभन्दा बढी कम्पनी खडा गरी शङ्कास्पद कारोबार गर्दै आएको पत्ता लागेपछि ठगी गरेको आशङ्कामा प्रहरीले उनीहरूको खोजी कार्य गरेको थियो। ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकाहरूले दर्ता नगरी खडा गरेका विभिन्न कम्पनीबाट अवैध कारोबार गर्ने गरेको बताउनुभयो।
मोरङ जिल्लाको लक्ष्मी नारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा शुक्रबार सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु समुदायका परम्परागत, भेषभुषा संरक्षण तथा थारु परिकारको प्रचार प्रसारसँगै संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का अगुवा नेताहरुले आदिबासी जनजातिको मागप्रति प्रमुख दलका नेताहरु गम्भीर नभएकाले पुनः आन्दोलनको आवश्यकता औल्याउनुभएको छ । महासंघको प्रथम संघीय परिषद बैठकको उदघाटनसत्रमा आज शुक्रबार यहाँ आयोजित कार्यक्रममा नेताहरुले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसहित नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको छ । पार्टीको आन्तरिक कामकाजलाई चुस्त बनाउन तथा पार्टीले चाल्नुपर्ने आगामी कदम प्रभावकारी बनाउने विषयमा उहाँहरुबीच छलफल भएको हो ।