भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले खानामा नियमित अन्डा र मासु सम्मिलित गरी सेवन गरेमा स्वास्थ्यलाई फाइदा पुग्ने सचेतना सहित विपन्न महिला र वालवालिकालाई अन्डा वितरण गरिएको छ । केन्द्रले कुखुराको मासु र अन्डा सेवनको महत्व बुझाउँदै सात हजार दुई सय वटा अन्डा वितरण गरेको केन्द्रका पशु विकास अधिकृत डा. धुव्र डिसीले जानकारी दिनुभयो ।
“लौ न कहाँ जाने होला ? के गर्ने होला ? कोसी नदीको ड्याम फुटिसक्यो ?” गाउँलेहरूले भने । गाउँलेहरू ड्याम फुटेपछि सबै जना आफ्नो महत्वपूर्ण सामान, गरगहना, पैसा लिएर भाग्न थाले । मानिसहरू “छिटो भाग नत्र डुबानमा परिएला ” भनेर कराइरहेका थिए । सबै मानिसको मनमा डर थियो । सबै जना यताउता भागिरहेका थिए । किसनपुर गाउँ डुब्न आँटी सकेको थियो । हरियाली रमणीय किसनपुर गाउँ एउटा खोलाको किनारमा परिणत हुँदै थियो । गाउँ पानीले डुबेर जलथल भइसकेको थियो । गाउँमा रहेका घरहरू डुबानमा परिरहेका थिए । गाउँलेहरू रुँदै ‘किन यस्तो ठाउँमा घर बनाएँ होला ? हे दैव यो के गरेको ? मैले जिन्दगीभरि मेहनत गरेर कमाएको पैसाले बनाएको घर आज पानीले बगाएर लग्यो ।’ भनेर सबै जना रुँदै थिए ।
दुई वर्ष अघि शिलान्यास भएको ताँजाकोट गाउँपालिकाको अस्पताल भवन बल्ल निर्माण सुरु भएको छ । ठेकेदारको बदमासीले रोकिएको निर्माण कार्य स्थानीयको दबाबपछि काम सुरु भएको हो ।
धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा सञ्चालित होटेलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण लोगो वितरण गरिएको छ । बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, मधेस प्रदेशले खाद्य स्वच्छताका आधारमा यहाँका होटेललाई स्तरीकरण लोगो वितरण गरेको हो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो ।
रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी)मा हिउँदे आगन्तुक चराको चहलपहल बढेको छ। हजारौँ किलोमिटर यात्रा तय गरेर हरेक वर्षजसो आउने हिउँदे आगन्तुक जलपन्छीले कैलालीका सिमसार तथा तालतलैया क्षेत्र ढाक्न थालेको छ। जाडो छल्नका लागि साइबेरियाबाट हाँस प्रजातिका विभिन्न प्रकारका जलपन्छी कैलाली आउने गरेका छन्।
देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम खण्डका विभिन्न स्थानमा सडक भासिएको छ। जिल्लाको मुसीकोट नगरपालिकाका विभिन्न स्थानमा मध्यपहाडी राजमार्ग भासिएको हो। वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको छ। वडाध्यक्ष पाण्डेले भन्नुभयो, “हरेक वर्ष सडक भासिँदै गएको छ। सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी छ।”
गए राति भएको बस दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको थियो ।
बाँफीकोट गाउँपालिका–३ स्थित स्पार्पुताल माध्यमिक विद्यालयले विद्यालयबाट स्वेटर खरिद नगरेको भन्दै विद्यार्थीलाई परीक्षा कक्षबाट निकालिएको छ। विद्यालयले लिने एसईई टेस्ट परीक्षा दिन बुधबार पुगेका २० जना विद्यार्थी विद्यालय पोसाक स्वेटर नलगाएको भन्दै परीक्षा कक्षबाट निकालिएका थिए। कक्षा १० का करिब २० जना र कक्षा ९ का केही विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको विद्यार्थीले जनाएका छन्।
ढटेँलो, आरु, चुली र सूर्यमुखीजस्ता रैथाने तेलहन बाली प्रशोधन हुन नसकिरहेको बेला जिल्लामा तेल प्रशोधन मिल सञ्चालनमा ल्याइएको छ। छायाँनाथ रारा नगरपालिका–१२, शोभागाउँमा हातेमालो सामुदायिक विकास कृषि तथा जडीबुटी सहकारी लिमिटेडले सो मिल सञ्चालनमा ल्याएको हो। सो सहकारीमा ४३१ जना सेयर रहेका छन्। गुड नेबर्स इन्टरनेसनल नेपालको अनुदान सहयोगमा सो मिल सञ्चालनमा आएको हो। सहकारी संस्थाका अध्यक्ष सुरजित बुढाका अनुसार स्थानीय क्षेत्रमा उत्पादन हुने ढटेँलो, आरु, चुली र सूर्यमुखीको फललाई प्रशोधन गरी तेल उत्पादन गर्ने उद्देश्यले तोरी पेल्ने मिल सञ्चालनमा ल्याइएको हो। सो मिल सञ्चालनका लागि पाँच लाख रुपियाँ खर्च लागेको जनाइएको छ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमिटर सडक सञ्चालनपछि यस क्षेत्रका बासिन्दाको जीवनस्तर बदलिँदै गएको छ। विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी राजमार्गबाट मुगु जिल्लामा यातायात सञ्चालन भएपछि सहज आवतजावत र वस्तु विनिमयको हिसाबले फड्को मारेको छ। यद्यपि राजमार्गको स्तरवृद्धि हुन नसक्दा यात्रुले एकातिर पीडादायी यात्रा गरिरहनुपरेको छ। असोज महिनाको वर्षा र बाढीपहिरोले राजमार्ग क्षतविक्षत बनाएपछि सो राजमार्गको यात्रा अझ कष्टकर बन्दै आएको छ। भत्किएको राजमार्ग सञ्चालनमा समेत अनेक कठिनाइ उत्पन्न भएको छ। पहिरो पन्छाउँदै गर्दा झन् पहिरो थपिई नै रहेको छ।
केही दिनयता चिसो बढेपछि बाँकेको नेपालगञ्ज लगायतका विभिन्नस्थानको जनजीवन प्रभावित भएको छ। चिसोबाट आम नागरिकलाई राहत पु-याउन नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र दाउरा वितरण गर्न सुरु गरेको छ। केही दिनयता चिसो अत्याधिक बढेपछि आगो ताप्न सहज होस् भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरिएको वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रमोद रिजालले बताउनुभयो। “सर्वसाधारण र सेवाग्राहीहरूको भीडभाड बढी हुने स्थान र कार्यालयमा पहिलो चरणमा दाउरा वितरण गरिएको छ,” प्रवक्ता रिजालले भन्नुभयो– “हरेक वर्ष चिसोमा नगरभित्र दाउरा वितरण हुँदै आएको छ।”
नेपालगञ्जमा दादुराका कारण एक बालकको ज्यान गएको छ। करिब २७ भन्दा बढी बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले दादुराका कारण सलामत शेषका साढे दुई वर्षका छोराको मृत्यु भएको बताउनुभयो। विभिन्न वडामा १५ वर्षमुनिका २७ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै उहाँले सङ्क्रमितमध्ये अधिकांशले दादुराको खोप नलगाएको पाइएको बताउनुभयो। स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ५, ७, ८, १०, १५ र २२ नम्बरमा दादुराका बिरामी बढी देखा परेका छन्। सुरुमा नेपालगञ्ज–७ मा एकै परिवारका पाँच बालबालिकालाई ज्वरो आएसँगै शरीरमा बिमिरा देखिएपछि परीक्षण गराउँदा दादुरा पुष्टि भएको थियो। त्यसपछि ज्वरो आएर र बिमिरा निस्किएका धेरै बालबालिका अस्पताल र चिकित्सकहरूको क्लिनिकमा आउने गरेका छन्।