मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवम् धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आज (शुक्रबार)देखि विधिवत् सुरु गरिँदै छ ।
कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले तापक्रम घट्दै गएको छ।
अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले आज (शुक्रबार)बाट अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हो ।
भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरी अस्पतालका सुरक्षा गार्ड पक्राउ गरिएको छ ।
चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक शुक्रबार अर्थमन्त्रालयमा जारी रहेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार भेटवार्ता गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धनमा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।