भुक्तानीसम्बन्धी काम गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी पाँच करोडदेखि ८० करोड रुपियाँसम्म तोकिएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानीसम्बन्धी काम गर्ने कम्पनीका लागि ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । भुक्तानी कार्डबाहेक अन्य उपकरण सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजी पाँच करोड रुपियाँ हुनुपर्नेछ भने भुक्तानी कार्डसहित अन्य उपकरणसमेत सञ्चालन गर्ने संस्थाको पुँजी २५ करोड हुनुपर्ने व्यवस्था छ ।
महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा रहेको खयरमाराका किसानले करोडौँ रुपियाँको गोलभेँडा उत्पादन गरेका छन् । यो गाउँका चार सय किसान परिवार अहिले चैते गोलभेँडा लगाउन व्यस्त छन् । यहाँका किसानका अनुसार खयरमारामा वार्षिक २० करोड रुपियाँको गोलभेँडा उत्पादन हुने गरेको छ । वर्षको दुई पटक उत्पादन लिन सकिने र व्यापारीले घरमै आएर खरिद गर्ने हुँदा सिङ्गो गाउँँ व्यावसायिक गोलभेँडा खेतीमा संलग्न छन् ।
हिमालय एयरलाइन्स र जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेपछि अन्तर्राष्ट्रिय उडान नै ठप्प भएको छ। सञ्चालनमा आएको आठ महिना हुनै लाग्दासमेत विमानस्थलमा सहज अवतरणका लागि नयाँ हवाई रुटको व्यवस्था र विमानस्थलमा जडान गरिएका इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडान ठप्प भएका हुन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। त्यो पनि बिहान तराई/मधेशमा बाक्लो हुस्सु/कुहिरोले दृश्य क्षमता (भिजिबिलिटी) कम हुँदा आन्तरिक उडान प्रभावित हुन थालेका छन्।
जिल्लाको जुनीचाँदे गाउँपालिकामा भीर बाट लडेर एक महिलाको ज्यान गएको छ । वडा नं ११ की २३ बर्षीया पवित्रा रावतको घाँस काट्ने क्रममा बादे भीर बाट लडेर ज्यान गएको स्थानीय ले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइमकार्ड लागू गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइमकार्ड लागू गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टाइमकार्ड लागू भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयले १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेको भए पनि कहिले देखि लागू गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने नजिकै बिहीबार राति ९३० बजे राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।
सरकारले अर्थ सचिवसहित सात जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, आपूर्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।
मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।
नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।
ललितपुर महानगरले एक अर्ब १५ करोड पुरक बजेट पारित गरेको छ ।
भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखारमा जारी २२औं आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा भुटानी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले हरायो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गर्नुभएको छ । बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।
नेपालका प्रोफेसनल गल्फर एवं गल्फ प्रशिक्षक सचिन प्रसाद भट्टराई विश्वको उत्कृष्ट ५० गल्फ प्रशिक्षकको सुचीमा पर्नु भएको छ । वर्ल्ड गल्फ टिचर्स फेडेरेशनले २०२२/२३ को वार्षिक पुस्तिकामा विश्वका उत्कृष्ट गल्फ प्रशिक्षकहरुको नाम सार्वजनिक गरेको हो ।