• २३ असार २०८१, आइतबार

भुटानी क्लब फाइनलमा

blog

भुटानी युथ स्पोर्टस् क्लबका खेलाडी ।

काठमाडौं, पुस २१ गते । भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखारमा जारी २२औं आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा भुटानी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले हरायो । 

भुटानी क्लबको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गर्नुभयो । रोजिनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । फाइनलमा अब भेटानी क्बलले काठमाडौंको संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

भुटानी क्लब अमेरिका बस्दै आएको भुटानी शरणार्थीहरुको क्लब हो । यसको प्रशिक्षकमा नेपालका प्रदीप हुमागाईं हुनुहुन्छ । सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।