शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १३ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले र नेपाल एपिएफ क्लबले नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१६, २५–१२, २५–९ को सहज जित निकालेको हो । आर्मीले पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई हराएको थियो ।
यस्तै एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । एपिएफले खेल २५–६, २५–११, २५–१२ को सहज जित निकालको हो ।
यसअघि एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । जितसँगै आर्मी र एपिएफले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।