सत्ता साझेदार दलबीच न्यूनत साझा कार्यक्रम तय गर्न गठन भएको कार्यदलको बैठक शुक्रबार बिहान बस्ने भएको छ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते मङ्गलबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ ।
फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्धित हुनुभएको छ ।
मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो ।
वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका एक जना बलात्कारका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए ।
बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तीव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।
मध्यपहाडी राजमार्गको मङ्गलसेनमा बिहीबार हायस दुर्घटना हुँदा अछाममा एक चालक घाइते भएका छन् । लु २ ख ६४८० नम्बरको हायस दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका –५ विरपथका श्याम खत्री घाइते भएका हुन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
कर्णाली प्रदेशमा प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यही पुस २७ गतेभित्र सरकार गठन गर्न प्रदेश प्रमुख परियारले आज (बिहीबार) आह्वान गर्नु भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभूवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार विषयमा प्राध्यापन गर्दैआउनुभएको छ ।