काठमाडौं, पुस २१ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गर्नुभएको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।