हेटौंडा, पुस २१ गते । बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
आह्वान अनुसार पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि दलहरुले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ । बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ ।