जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि चार किसिमका सेवामा टाइम कार्ड लागू गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप आजबाट सुरु भएको १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सङ्घ विघिटनपछि अदालतमा रिट दिएको नेपाल तेक्वान्दो सङ्घले अदातलको अन्तरिम आदेशको स्वागत गरेको छ । राखेपले संघको दर्ता खारेज गरेपछि उच्च अदालत पाटनमा दायर रिट उपर बुधबार उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ। देशको आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम भएको भनाइ नेताहरूको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ ।
आफूलाई बैङ्क तथा वित्तीय संस्थाको हाकिम बताउँदै कैलाली, कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
नेकपा (एकीकृत समाजवादी)ले वाम एकता कार्यदल गठन गरेको छ। पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको हो।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनमतलाई सम्मान गर्दै सरकारको साझा प्रतिबद्धता सार्वजनिक हुने बताउनुभएको छ।
ओखलढुङ्गामा पाँच महिनाको अवधिमा नौ वटा बलात्कारजन्य घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार पाँच महिनाको अवधीमा नौ वटा बलात्कार जन्य घटना दर्ता भएको हो ।
बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।
सत्ता साझेदार दलबीच न्यूनत साझा कार्यक्रम तय गर्न गठन भएको कार्यदलको बैठक शुक्रबार बिहान बस्ने भएको छ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते मङ्गलबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ ।
फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्धित हुनुभएको छ ।