• १२ साउन २०८१, शनिबार

तेक्वान्दो सङ्घद्वारा अदालतको निर्णयको स्वागत

blog

पत्रकार सम्मेलनमा धारणा राख्दै नेपाल तेक्वान्दो संघका पदाधिकारी ।

काठमाडौं, पुस २१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सङ्घ विघटनपछि अदालतमा रिट दिएको नेपाल तेक्वान्दो सङ्घले अदातलको अन्तरिम आदेशको स्वागत गरेको छ । राखेपले सङ्घको दर्ता खारेज गरेपछि उच्च अदालत पाटनमा दायर रिट उपर बुधबार उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

आदेशपछि सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी नेपालका तेक्वान्दोको आधिकारिक सङ्घ आफू भएको र विश्व तेक्वान्दो महासङ्घको आधिकारिक मान्यतासमेत आफूहरुसँग रहेकोले तेक्वान्दो खेलको राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गतिविधि गर्ने अधिकार सङ्घलाई मात्र भएको जनाएको छ ।

सङ्घका महासचिव दीपराज गुरुङले विश्व तेक्वान्दो महासङ्घको मान्यता र अदालतको आदेशसँगै अब सङ्घले राष्ट्रिय टिम तयारी, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, प्रशिक्षण कोर्सलगायतका गतिविध सञ्चालन गर्ने जानकारी दिनुभयो । सङ्घका अध्यक्ष प्रकाश शम्सेर राणाले राखेपले सङ्घको दर्ता खारेजी गर्ने कदमलाई अदालतले न्याय दिएको बताउनुभयो । 

सङ्घले उच्च अदालतमा जारी मुद्दाको अन्तिम फैसला आइनसकेकाले अदालतको निर्णयलाई मान्न तयार रहेको जनाएको छ । सङ्घले नेपाली तेक्वान्दोको विकासका लागि तेक्वान्दोको विकासका लागि खेलकुद मन्त्रालय र राखेपसँग हातेमालो गर्दै अघि बढ्न सधैँ तयार रहेको सजनाएको  छ । सङ्घले नेपाली तेक्वान्दोको विकासका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयसँग हातेमालो गरेर अगाडि बढ्न सङ्घ तयार रहेको महासचिव गुरुङले बताउनुभयो । 

राखेपले तेक्वान्दोमा उस्तै खालको दुई वटा सङ्घ रहेको र विवाद भएको भन्दै पुस ५ गते नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपालको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासङ्घ गठन गरेको थियो । त्यसपछि तेक्वान्दोको विवाद झनै सतहमा आएको हो ।