काठमाडौं, पुस २१ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि चार किसिमका सेवामा टाइम कार्ड लागू गरेको हो ।
जिप्रकामा ‘टाइम कार्ड’ लागू भएसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले वलोकन–निरीक्षण गर्नुभएको छ । कुन सेवालाई कति समयभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।