कर्णाली प्रदेशमा प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यही पुस २७ गतेभित्र सरकार गठन गर्न प्रदेश प्रमुख परियारले आज (बिहीबार) आह्वान गर्नु भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभूवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार विषयमा प्राध्यापन गर्दैआउनुभएको छ ।
धरान उपमहानगरपालिकामा धरान स्थापना दिवसको अवसरमा तीनदिने धरान उत्सव सुरु भएको छ ।
महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको क्रिस्टलको गहना बनाउने चार दिने तालिम सम्पन्न भएको छ ।
यही मङ्सिर ९ गते हाम्रो विद्यालयले हामीलाई चिडियाखानाको भ्रमण लगेको थियो । विद्यालयको तर्फबाट मेरो शिक्षकले भनेअनुसार बिहान ९:३० बजे विद्यालय पुगेँ । चिडियाखाना जानका लागि नर्सरीदेखि ५ कक्षासम्मका विद्याथी थियौँ । शिक्षकले बताउनुभएअनुसार विद्यार्थीहरू चौरासी जना थिए भने शिक्षकहरू पाँच जना थिए । १०:३० बजे बस विद्यालयको चौरबाट गुड्यो । बसको झ्यालबाट बागमती नदीको पुलबाट मैले चोभार भन्ने ठाउँ पनि देखेँ । बस नख्खु हुँदै एकान्तकुनाबाट चक्रपथमा पुग्यो । त्यहाँ ट्राफिक जाम रहेछ । हाम्रो बसको चालकले ट्राफिक प्रहरीको इसाराअनुसार बस रोक्नुभयो । ठाउँठाउँमा ट्राफिक नियम पालना गर्दै बस अगाडि बढ्यो । प्रत्यक्ष देख्दा झन् रमाइलो लाग्यो ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भए पछि उद्योगमा लागेको ताला खुलेको छ ।
‘अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत्’ अर्थात् जो आफूलाई जान्दैन त्यो आफ्नै शत्रुतुल्य छ । आफूलाई जान्न, आफू आफ्नै शत्रु हुनबाट बच्न, आफूले आफूलाई चिह्न तथा म को हुँ ? भनी बोध गराउन धेरै महापुरुष तथा सद्गुरुहरूले जन्म लिनुभयो । हामीले उहाँहरूलाई चिन्न सकेनौँ र अहिले त्यस्ता कति सन्त, योगी, महात्माहरूको नाम–परिचय नै छैन । उहाँहरू चतुराक्षर शब्द इतिहासकै भएर पनि अस्तित्वको इतिहासमै मात्र अट्नुभयो, हाम्रो इतिहासमा अट्नु भएन । तैपनि हामी भाग्यमानी छौँ र गर्व गरौँ कि हाम्रो इतिहास र हाम्रो दर्शनमा दर्शन प्राप्त द्रष्टा अष्टावक्र हुनुहुन्छ । जो एक्लैको छहारीमा सबैले शीतलता प्राप्त गर्न सक्छाैँ । जसका वाणीका वाणले अज्ञानता र अन्धकारको जालो छेडी ज्ञानको आभामा प्रवेश गर्न सक्छौँ । जसको सामीप्यमा नबलेको दीपले ज्योति प्राप्त गर्छ भने मन्द ज्योति प्रज्वलित भई बल्छ ।
बैतडीको अन्न भण्डारका रूपमा परिचित बैतडीको पाटनमा लगाइएको गहुँखेती । यहाँ अन्न उत्पादन राम्रो हुने गर्दछ । वार्षिक रूपमा तीन पटक सम्म अन्न उत्पादन हुने गर्दछ ।
कर्णाली कोरिडोर अन्तर्गतको सिमिकोट हिस्सा सडक खण्डको नारा लेकमा तीन महिनापछि सडक सुचारु भएको छ । गाउँपालिकाले मेशिन (डोजर) लगाएर नारा लेकमा जमेको हिउँ पन्छाएपछि यातायात सुचारु भएका हाे ।
विद्यालयले जाडो महिनाको बिदा दिएसँगै नृत्य प्रशिक्षण केन्द्रमा बालबालिका र युवाको भीड बढेको छ। केही वर्षअघिसम्म सोखका रूपमा हेरिने नृत्य हाल हरेक मानिसका लागि अनिवार्य बन्दै गएको छ। फुर्सदको समयमा केही नयाँ कुरा सिक्ने उद्देश्यले यस्ता केन्द्रमा भीड हुने नृत्य प्रशिक्षकको अनुभव छ। मनोरञ्जनसँगै शारीरिक तन्दुरुस्तीका लागि नृत्य अनिवार्य बनेको नेपा डान्स एकेडेमीका रिना महर्जन बताउनुहुन्छ।