दसवर्षे सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको बलबाट गठन भएको पहिलो र दोस्रो संविधान सभाबाट नौ वर्षपछि २०७२ सालमा निर्माण गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानअनुरूप नेपाल एकात्मक राज्य संरचनाबाट सङ्घीय राष्ट्र बन्न पुग्यो । सङ्घीय शासन व्यवस्था आएसँगै नेपाल सात प्रदेशमा वर्गीकरण भई सबै प्रदेशको छुट्टाछुट्टै व्यवस्थापिका र कार्यपालिकाको व्यवस्था भयो । नेपालको संविधानको भाग ५ को धारा ५६ र ५७ ले राज्यको संरचना र राज्य शक्तिको बाँडफाँटको बारेमा प्रस्ट उल्लेख छ । यसमा तीन तहको सरकारमध्ये प्रदेश तहको एकल जिम्मेवारी सङ्घ, प्रदेश र स्थानीयको साझा जिम्मेवारीको बारेमा समेत उल्लेख छ ।
जिल्लाको पूर्व खोला–३, कमेरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व खोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा बुधवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
नेपालको पछिल्लो समसामयिक राजनीति बदलिएको छ । निर्वाचनअघि र पछि सत्ता गठबन्धन सहकार्य नाटकीय स्वरूपमा फेरबदल भएको छ । जनताबाट सबैभन्दा धेरै सिटमा म्यान्डेट पाएको दल नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षमा उभिएको छ भने तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई दोस्रो ठूलो दल नेकपा एमाले र चौथो नयाँ उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि समर्थनसहित सरकारमा सहभागी छ । राजनीतिक परिघटनाबाट छुट्टिएका एमाले र माओवादी केन्द्रबीचको पुनः सत्ता सहकार्यसहित भिन्न भिन्न विचारधाराका पार्टीहरूको सत्ता गठबन्धनले सरकारका कार्यदिशा र प्राथमिकताका सन्दर्भलाई चासोपूर्ण रूपमा हेरिएको छ ।
महिला मानव सृष्टिका जननी मात्रै नभई मानव जीवनका जग पनि हुन् । महिला आमा, दिदी, बहिनी अनि श्रीमती पनि हुन् । आमाको काख, दिदीबहिनीको स्नेह, श्रीमती साथी सङ्गिनीको प्रगाढ मायाको पछ्यौरीभित्र पुरुषका जीवनका अवयव चलायमान हुन्छन् ।
निर्माण सम्पन्न बसपार्क प्रयोगमा नआउँदा पूर्व–पश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गको चन्द्रनिगाहपुर चोक दुर्घटनाग्रस्त क्षेत्र बनेको छ। राजमार्गमा चलाइने यात्रुवाहक बस, मालवाहक सवारीलगायत अन्य सवारीको जथाभाबी पार्किङ गरिँदा चोक छेउको सडक साँघुरो बनेर दुर्घटनाग्रस्त क्षेत्र बनेको हो।
जस्तापाताले छाएका विद्यालय भवन गर्मी र जाडो दुवै मौसममा उपयोगी नदेखिएकाले जस्तापातामुक्त विद्यालय भवन निर्माण आवश्यक भएको आवाज उठ्न थालेको छ। तराई–मधेशका जिल्लाहरूमा रहेका ९० प्रतिशतभन्दा बढी विद्यालय भवन जस्तापाताले छाइएको छ। जस्तापाताले छाएको भवनमा गर्मी महिनामा खपिनसक्ने गर्मी र शीतलहर आएपछि चिसोले टिक्न गाह्रो हुने गरेको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका ५५ वर्षीय किसान रामपुकार यादवले गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ। व्यवसायिक रूपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि उहाँले मनग्गे आम्दानी गर्न थाल्नुभएको हो।
बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनीमा तीन जना महिला उद्यमीले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट महिला उद्यमीका रूपमा पाल्पाली मदनपोखरा ढाका उद्योग, पाल्पाका शितम भण्डारी, प्रेम अल्लो (पुवा) धागो तथा तयारी पोसाक उद्योग दाङका प्रेमकुमारी पुन र आईटी स्टिल स्ट्रक्चर सोलुसन प्रालि रुपन्देहीका सृष्टि गुरुङ पुरस्कृत हुनुभएको हो । यसैगरी उत्कृष्ट उद्योगतर्फ ट्रन्सवेल्ड नेपाल (ट्रान्सफर्मर) काठमाडौँले प्रथम स्थान हासिल गरेको छ भने कपिलवस्तु ग्लास फाइबर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा सिया स्टिल इन्डस्ट्रिज प्रालि नवलपरासीले तेस्रो स्थान प्राप्त गरेको छ । सान्त्वना उद्योग पुरस्कार ग्लोबल इन्टेरियर तथा काष्ठ उद्योग रुपन्देही र मन उड इन्डस्ट्रिज ओमसतिया गाउँपालिका रुपन्देहीले पाएका छन् ।
वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगारी कसुरसम्बन्धी मुद्दा भएकाले निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरिएको छ । न्यायाधिकरणले पैसा तिरेर कानुन व्यवसायी राख्न नसक्ने सेवाग्राहीको न्याय नमरोस् भनेर निःशुल्क कानुनी सहायता लिन पाउने व्यवस्था गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वरिष्ठ अधिवक्ता अभिनाशकुमार प्याकुरेलसहितको ५० जना अधिवक्ताको नाम र सम्पर्क नम्बरको सूची सार्वजनिक गरेको छ ।
वर्षौदेखि खोलाखोल्सी, कुवा र पँधेरोको पानीबाट जीवन धानिरहेका उदयपुरको दुर्गम क्षेत्रका तीनवटा पालिकाका उपभोक्ताले अब भने सुनकोसी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन्। नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा लिफ्टिङ सिस्टमको दुई छुट्टाछुट्टै सुनकोसी खानेपानी योजना निर्माण गर्न सुरु गरेको छ। यो आयोजनाबाट उदयपुरका ताप्ली, रौतामाई र लिम्चुङ्बुङ गाउँ पालिकाका उपभोक्ताले स्वच्छ खानेपानीको सुविधा पाउन लागेका हुन्।
दोलखाको बिगु गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय हिसाबले प्रसिद्ध लप्ची गुम्बा पुग्ने लामाबगर–लप्ची पदमार्ग मर्मत गर्न लागिएको छ । लप्ची क्षेत्रमा निर्माण गर्न लागेको लप्ची हाइड्रोपावरले धेरै वर्षअघि निर्माण गरिदिएको पदमार्ग जीर्ण भएपछि मर्मत गर्न लागिएको स्थानीय एवं हिमआरोही लीलाबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका सबै उम्मेदवारले आफ्नो निर्वाचन खर्च बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकमा निर्वाचनको खर्च विवरण बुझाएका उम्मेदवारमध्ये १२ उम्मेदवारले निर्वाचनमा कुनै खर्च नगरेको भन्दै विवरण बुझाएका छन् ।
नारायणी नदी नियन्त्रणका लागि तटबन्धन निर्माणको काम सुरु भएको छ । दुई अर्ब १९ करोड रुपियाँको लागतमा नारायणगढको नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटबन्धन निर्माण हुन लागेको हो । तटबन्धनसहित मेघौलीको गोलाघाटसम्म नदी नियन्त्रणका लागि काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो । निर्माण हुने क्षेत्रमा तारजाली, कङ्क्रिट, ठूला ढुङ्गाको प्रयोग हुने उहाँले जानकारी दिनुभयो ।
दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले उक्त आदेश दिएको हो।