बुटवल समाचारदाता
बुटवल, पुस २१ गते । बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनीमा तीन जना महिला उद्यमीले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरेका छन् ।
उत्कृष्ट महिला उद्यमीका रूपमा पाल्पाली मदनपोखरा ढाका उद्योग, पाल्पाका शितम भण्डारी, प्रेम अल्लो (पुवा) धागो तथा तयारी पोसाक उद्योग दाङका प्रेमकुमारी पुन र आईटी स्टिल स्ट्रक्चर सोलुसन प्रालि रुपन्देहीका सृष्टि गुरुङ पुरस्कृत हुनुभएको हो । यसैगरी उत्कृष्ट उद्योगतर्फ ट्रन्सवेल्ड नेपाल (ट्रान्सफर्मर) काठमाडौँले प्रथम स्थान हासिल गरेको छ भने कपिलवस्तु ग्लास फाइबर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा सिया स्टिल इन्डस्ट्रिज प्रालि नवलपरासीले तेस्रो स्थान प्राप्त गरेको छ । सान्त्वना उद्योग पुरस्कार ग्लोबल इन्टेरियर तथा काष्ठ उद्योग रुपन्देही र मन उड इन्डस्ट्रिज ओमसतिया गाउँपालिका रुपन्देहीले पाएका छन् ।
यसैगरी संस्थागत स्टलतर्पm ग्रिल तथा स्टिल व्यवसायी सङ्घ रुपन्देही, उदीयमान युवा उद्यमीमा पुरुषतर्पmबाट रामापुर मौरी स्रोत केन्द्रका कविराज अधिकारी र बुद्ध सिमेन्ट ब्लक उद्योग पुरस्कृत भएका छन् ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुस ७ देखि सञ्चालित १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ मङ्गलबार समापन भएको छ ।
प्रदर्शनीमा २५ करोडको आर्थिक कारोबार भएको थियो भने सात लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदर्शनीमा ४१५ वटा स्टल सहभागी भएका थिए ।