• १२ मंसिर २०८१, बुधबार

इन्सेक अध्यक्षमा प्राध्यापक डा. अर्याल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २१ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभुवन विश्वविद्यालयमा आमसञ्चार विषय प्राध्यापन गर्दै आउनुभएको छ । 

तीनवर्षे कार्यकाल रहने समितिको सदस्यहरुमा लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी, रुद्रबहादुर चर्मकार र नरनाथ लुइँटेल हुनुहुन्छ । लेखन विधामा निरन्तर सक्रिय डा. अर्याल सञ्चार पैरवीसँगै अधिकारको क्षेत्रमा पनि कलम चलाउँदै आउनुभएको छ ।