शेरबहादुर राई
ओखलढुङ्गा, पुस २१ गते । ओखलढुङ्गामा पाँच महिनाको अवधिमा नौ वटा बलात्कारजन्य घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका तथ्याङ्क अनुसार पाँच महिनाको अवधिमा नौ वटा बलात्कारजन्य घटना दर्ता भएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा नौ वटा बलात्कार जन्य घटनाका उजुरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले बताउनुभयो ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार जबरजस्ती करणीका छ वटा, जबरजस्ती करणी उद्योग दुई वटा र एउटा बालयौन दुराचार घटनाका उजुरी कार्यालयमा आएका छन् ।