नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।
ललितपुर महानगरले एक अर्ब १५ करोड पुरक बजेट पारित गरेको छ ।
भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखारमा जारी २२औं आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा भुटानी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले हरायो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गर्नुभएको छ । बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।
नेपालका प्रोफेसनल गल्फर एवं गल्फ प्रशिक्षक सचिन प्रसाद भट्टराई विश्वको उत्कृष्ट ५० गल्फ प्रशिक्षकको सुचीमा पर्नु भएको छ । वर्ल्ड गल्फ टिचर्स फेडेरेशनले २०२२/२३ को वार्षिक पुस्तिकामा विश्वका उत्कृष्ट गल्फ प्रशिक्षकहरुको नाम सार्वजनिक गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले आगामी चार वर्षमा २० लाख श्रमिकलाई संस्थामा आवद्ध गराउने बताउनुभएको छ । त्यसको अभियान सुरु भइसकेकाले हरेक पालिका र वडाबाट श्रमिकको सूची लिने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुखबाट सरकार गठनका लागि आव्हान भएसँगै सरकार निर्माणका लागि सांसद संख्याको जोड घटाउ सुरुभएको छ । प्रदेश सभामा रहेका दलहरुले आफ्नो नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएका छन् ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाअन्तर्गतका सडकका खाल्डाखुल्डी अबको १५ दिनभित्र पुर्न एवम् व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
दाङको भालुबाङ–प्युठान सडक खण्डमा पर्ने भालुबाङ चकचके सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पुस २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आयोजना हुने भएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार क १ स ११ नम्बरको जुम्लादेखि नाग्म जाँदैगरेको अटो दुर्घटनामा परी जुम्ला तातोपानी १ निवासी २९ बर्षीय पुरन सार्कीको घटनास्थलमा मृत्यु भएको छ ।
ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म हुने भएको छ ।