• १२ मंसिर २०८१, बुधबार

यातायातमन्त्रीद्वारा सडकको अवलोकन

सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न निर्देशन

blog

पत्रकारहरूसँग कुरा गर्नुहुँदै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २१ गते । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाअन्तर्गतका सडकका खाल्डाखुल्डी अबको १५ दिनभित्र पुर्न एवम् व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । 

बिहीबार अनुगमनका क्रममा यातायात मन्त्री श्रेष्ठले यसका लागि छिट्टै सबै महानगर प्रमुख, उपत्यका विकास प्राधिकरण, उपत्यका सभ्यता विकास आयोजनाका सबैसँग सामूहिक छलफल गरिने बताउनुभयो ।


मन्त्री श्रेष्ठले भन्नुभयो, “हाम्रो मन्त्रालय र विभागअन्तर्गतको हामी सबै यही छौं । सबै बसेर निर्णय गरेका छौं, जिम्मेवारी बोध गरेर यसलाई लागू गर्नुपर्छ । काम जसरी पनि गर्न कार्यान्वयन गर्न म छिट्टै महानगर प्रमुखहरु, उपत्यका विकास प्राधिकरण, उपत्यका सभ्यता विकास आयोजना सबैसँग सामूहिक रुपमा छलफल गर्छौं । सबैको समन्वयमा गर्छौं ।”

उहाँले अहिले एक पटक टाल्ने प्रक्रिया भएकोमा संयुक्त बैठक र समन्वयमा भोलिदेखि कम्तीमा दुईदेखि तीनवटा ठाउँमा यो प्रक्रिया थालिने बताउनु भयो ।