• १६ भदौ २०८१, आइतबार

सम्झना कप टेबलटेनिसको तयारी

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै । तस्बिर : राखेप

काठमाडौं, पुस २१ गते । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म हुने भएको छ । आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ ।

ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीले सम्झौता पत्र आदान प्रदान गर्नुभयो । सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपियाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले ब्यहोर्ने उल्लेख छ । 

प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्यान्ड, युएइ, जापान, फ्रान्स, इङ्गल्यान्ड, दक्षिण कोरियाका करिव पाँच सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुनेछ । 

एकल र टिममा शीर्षतीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेश्रोलाई पाँच हजार रुपियाँबाट पुरस्कृत गरिने आायेजकले जनाएको छ ।