• २२ असोज २०८१, मङ्गलबार

वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २१ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गर्नुभएको छ । बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भोलि शुक्रबार आयोजना हुने महाधिवेशनको उदघाटनसत्रमा एमाले पार्टीको सन्देशसहितको धारणा राख्नुहुनेछ । नेता पोखरेलसँग एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि ढाका जानुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेल महाधिवेशनमा भाग लिएर शनिबार नेपाल फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयका एक सदस्यले बताउनुभयो ।