• १ जेठ २०८१, मङ्गलबार

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन (फोटोफिचर)

blog

भृकुटीमण्डप सुरु भएको १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप आजबाट सुरु भएको १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्नुभएको छ । 

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको हो । आजबाट सुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।

जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कुल १७० स्टल राखिएका छन् । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।