जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दैनिकजसो लुटपात, कुटपीटका घटना बढ्दै गएपछि सुरक्षाका लागि प्रहरी बिट स्थापना गरिएको छ । करिब २६ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै सो क्षेत्रमा दिउँसै लुटपातका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा व्यवस्थाको मागगर्दै आएका थिए ।
नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजक्रिया गर्ने चलन छ । पछिल्लो समय छोरीले पनि आफ्नो बुवाआमाको मृत्यु पश्चात काजक्रिया गर्न थालेको सुनिन्छ । तर श्रीमतीले आफ्नो श्रीमानको काजक्रिया गरेको घटना कमै सुनिन्छ । ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका –१२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्नो ५४ वर्षीय श्रीमान तिलकबहादुर श्रेष्ठकोे काजक्रिया गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु मानसिब नदेखिएको बताएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ।
व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ ।
स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गर्नुभएको छ।
बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ।
प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ।
सरकारको न्यूनत साझा कार्यक्रम तय गर्न बनेको कार्यदलले निर्माण गरेको मस्यौदा शीर्ष नेता समक्ष पेश हुने भएको छ।
कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।
कपिलवस्तुमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो सुइटर वितरण भएको छ । जिल्लाको शिवराज नगरपालिका ६ र बुद्धभूमि नगरपालिका वडा नम्बर २ ले साना बालबालिकालाई सुइटर वितरण गरेको हो ।
विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ।