छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो ।
सन् २०२२ विश्व फुटबल जगत्कै लागि अविस्मरणीय वर्ष बन्न पुग्यो । पहिलो पटक एसियामा आयोजना भएको कतार विश्वकप सफलतापूर्वक सम्पन्न भयो । यस्तै, विश्व फुटबलका नक्षत्र पेलेको यही वर्ष दुःखद निधन भयो । पेलेलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिन्छ । कतार विश्वकप सन् २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म चल्यो । यो समय विश्व नै फुटबलमय बन्यो । अन्तिम चरणमा पुगेका मुलुकको पक्ष तथा विपक्षमा रहने फुटबलप्रेमीले विश्वकपलाई जीवन्त बनाइरहेका थिए । तर यही बेला फुटबलका हस्ती पेले ब्राजिलको साओपाउलोस्थित अस्पतालमा पेटको क्यान्सरसँग लडिरहेका थिए । विश्वकप समाप्त भएको ११ दिनमै अर्थात् डिसेम्बर २९ तारिखका दिन पेलेको ८२ वर्षको उमेरमा निधन भयो ।
कतार एयरवेजको विमानले कतार र काठमाडौँबीचको दूरी कतिखेर पूरा गरिसकेछ, बिर्खबहादुरले मेसोसम्म पाएन । एकैचोटि अब विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्न लागेको सुनेपछि ऊ झस्कियो । ‘झ्या काठमाण्डु नै पो आइपुगिसकिएछ’, उसले मनमनै बोल्यो । बीस मिनेटपछि विमान काठमाडौँ विमानस्थलमा उत्रियो । अरू यात्रुहरू जस्तै बिर्ख पनि ‘अनबोर्ड’ भयो । अरूलाई के थियो कुन्नि, बिर्खलाई भने अलि हतारो नै थियो किनभने उसले आजै दिउँसो ३ बजे धनगढीको अर्को विमान चढ्नु थियो ।
नचाहेरै भए पनि रच्छ कसैले जानेर वा नजानेरै डस्छ कसैले सोह्र शृङ्गार गरिदिन्छ दिलको बहैले त्यसैले त बग्छु हजुर म त मजैले ।
हमेशा पतझर आएको छ बहार आएको छैन मलाई जिन्दगीले जति कसैले दुखाएको छैन । मलाईभन्दा धेरै मेरी बूढी आमालाई दुख्छ भनेर मेसिनमा हात काटिएको खबर सुनाएको छैन ।
हे पृथ्वी ! अति धीर शूर बलवान् हे राष्ट्रका गौरव तिम्रो साहस धैर्यता अति थियो जित्दै हिँडेथ्यौँ तब हाम्रा नायक हे ! तिमी मुलुकका हौ एकताका मियो तिम्रो आँट र दूरदृष्टि सबले यो देश यौटै भयो ।
गोपाल ‘अश्क’ नेपाली, भोजपुरी र हिन्दी भाषाका सक्रिय साहित्य साधक हुनुहुन्छ । तीनवटै भाषामा समान रूपमा कलम चलाउनु हुने ‘अश्क’का ती भाषामा लेखिएका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लेखनयात्रा दिनप्रतिदिन अझै सक्रिय बनिरहेको अवस्था छ । साहित्यका प्रायः सबै विधामा समान रूपमा उहाँको कलम चलेको छ । मेहनत, परिश्रम र लगनशीलता उहाँको परिचय हो ।
जीवनमा पहिलो पटक ट्रान्जिट भएर कनेक्टिङ बसको पर्खाइमा छौँ– भाइ अजय र म । दस मिनेटमा अर्को बस आइपुग्छ भनेर पहिलो बसले दोबाटोमा उतारेर गयो । समयको सुईले राति ९ बजेको सङ्केत दिँदैछ । सन् २०२० जनवरीको पछिल्लो लहर, चिसोले ठिहि¥याएको छ । मोबाइलको मुहारमा दुई डिग्री झुल्किएको देखिन्छ । सडक पेटीमा ठडिएको ल्याम्प पोस्टको धूमिल प्रकाशमा पूर्वी दिशातर्फ एकनासे घरहरू लामबद्ध रूपमा सुस्ताएको आकृति देखिन्छ । त्यसको विपरीत पश्चिमपट्टि भने विशाल तलाउ निमग्न छ । एकाध मोटर बेलाबखत बत्तिएर हुइँकिन्छन् । त्यसबाहेक चरोमुसो देखिँदैन ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ ।
बिहान उठ्नेबित्तिकै हामी सुरुप्प चिया पिउँछौँ । घर आएका पाहुना वा साथीभाइलाई चिया दिएर सत्कार गर्छौं । होटल वा रेस्टुरेन्ट पस्नासाथ चिया मागिहाल्छौँ । टाढाबाट आएका पाहुना वा स्नेहीलाई चिया उपहार दिन्छौँ । हिजोआज त साना–ठूला होटलमा चिया पार्टी नै आयोजना गर्ने चलन पनि छ । यसरी चियाको तलतलले कहिल्यै छाड्दैन ।
तराईमा शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बारा, पर्सा र रौतहटलगायतका जिल्लामा अधिकांश सामुदायिक तथा निजी विद्यालयमा बिदा दिइएको छ ।
कुरो २०२५ सालतिरको हो, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा अग्जुलरी हेल्थ वर्कर (अहेब) स्कुल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य व्यावसायिक तालिम दिइन्थ्यो । यो तालिममा दस कक्षा उत्तीर्ण विद्यार्थी सहभागी हुन्थे । तालिममा सहभागी हुनेले प्रतिमहिना ७५ रुपियाँ निर्वाह भत्ता पाउँथे । तालिम लिइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा जानैपर्ने व्यवस्था पनि थियो । स्वास्थ्यकर्मीको अभाव भएको त्यस समयमा भत्ता दिएर पढाउँदा विपन्न परिवारका विद्यार्थी यसतर्फ आकर्षित हुन्थे । उच्च, मध्यम र निम्न सबै स्तरका स्वास्थ्यकर्मीको ठूलो खडेरी रहेको त्यो समयमा जुनसुकै तहका स्वास्थ्य कार्यकर्तालाई समाजमा उच्च सम्मानका साथ व्यवहार गरिन्थ्यो । त्यतिखेर भारतबाट झिकाइएका केही आवासीय चिकित्सकबाहेक आधुनिक चिकित्सा सेवा प्रदान गर्ने व्यक्तिको अभाव नै थियो ।
बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्। हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल प्रचारप्रसार र संरक्षणको अभाव छ। यस क्षेत्रमा पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल हो। पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय महìव बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखोवासम्मको २८ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको छ। उक्त सडकखण्डअन्तर्गत १४.४६ किलोमिटर सडक चार लेन र १३.७३ किलोमिटर सडक दुई लेनका रूपमा निर्माण गर्ने गरि काम अघि बढे पनि विगत सात महिनादेखि काम ठप्प छ।