• १० मंसिर २०८१, सोमबार

आँसु (कविता)

blog

नचाहेरै भए पनि रच्छ कसैले

जानेर वा नजानेरै डस्छ कसैले

सोह्र शृङ्गार गरिदिन्छ दिलको बहैले

त्यसैले त बग्छु हजुर म त मजैले ।


ऐया आत्था भइजान्छ भुटोस् जसैले

दुख्न पाए पुगिजान्छ कुटोस् कसैले

पाएसम्म दायाँबायाँ चुम्छु रसैले

त्यसैले त बग्छु हजुर म त मजैले ।


खुसी हुँदा आँखाभरि छाम्छ उसैले

बेखुसीमा फेरि उही डाम्छ बिसैले

आँसु परेँ, हाँसो होइन, लान्न कसैले

त्यसैले त बग्छु हजुर म त मजैले ।