• १३ मंसिर २०८१, बिहिबार

मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान

blog

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र । फाइल तस्बिर

धर्बेन्द्र झा

काठमाडौं, पुस २२ गते । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।