• १३ मंसिर २०८१, बिहिबार

सचिवद्वय राया र घिमिरेले सम्हाल्नुभयो कार्यभार

blog

काठमाडौं, पुस २२ गते । अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले आज (शुक्रबार)बाट अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो । साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई पनि बिदाइ गर्नुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको थियो ।

सरकारले अर्थसचिव पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजस्व सचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।