• १३ असोज २०८१, आइतबार

संसद्को पहिलो बैठकको तयारीका लागि सर्वदलीय छलफल जारी

blog

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको सर्वदलीय बैठक । तस्बिर : सङ्घीय संसद् सचिवालय

काठमाडौं, पुस २२ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हाे ।

सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । साथै स्वतन्त्र सांसदहरूलाई पनि बैठकमा बोलाइएको छ ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले दिएको छ ।

त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।