काठमाडौं, पुस २२ गते । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा कार्यदलको बैठक शुक्रबार अर्थ मन्त्रालयमा जारी छ ।
न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन बैठक बसेको हो । पुस १४ गते बसेको सत्ता गठबन्धन दलको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन कार्यदल गठन गरेको थियो ।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धवलशमशेर राणा र जनता समाजवादी पार्टी (जसपा)बाट रकम चेम्जोङ हुनुहुन्छ ।