• १२ साउन २०८१, शनिबार

गुल्मीमा आइटिएफ तेकान्दाे प्रतियोगिता हुँदै

blog

रमेश विश्वकर्मा 

गुल्मी, पुस २२ गते । गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आईटिएफ तेक्वान्दो सङ्घ गुल्मी र रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गको आयोजनामा यही पुस ३० गते दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको सङ्घका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो । 

आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीका अध्यक्ष कुँवरका अनुसार जिल्ला खेलकुद  विकास समिति गुल्मीको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो । यस जिल्लामा रहेका करिब नौ वटा डोजाङ्गबाट २२० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन् । 

प्रतियोगिताबाट १८ जनाले स्वर्ण पदक, १८ जनाले रजत पदक र ३६ जनाले कांस्य पदक प्राप्त गर्नेछन् । प्रतियोगिताबाट एक÷एक जना पुरुष र महिला उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । प्रतियोगितामा २० केजी मुनीका खेलाडीहरू पनि सहभागी हुने रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक सागर मल्लले जानकारी दिनुभयो ।