“भ्रष्टाचारविरुद्ध लाग्नु, उत्रिनु सुशासन होइन, यो फगत आत्मरक्षाको क्षणिक कवच हो र सधैँ एकपक्षीय हुन्छ ।” जो बाइडेन – ६५ करोड रुपियाँ भित्र्याएको र स्रोत नखुलेका कारण अछामका व्यापारी पृथ्वीबहादुर शाह पक्राउ परेका छन् । – प्रधानमन्त्रीले निर्देशन दिए पनि डीएल नेम्वाङको मोबाइल सेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत भयो ।
घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।
न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ दलहरूको कार्यदलले आफ्नो काम पूरा गरेको छ । तोकिएकोभन्दा बढी समय लगाएर तय गरिएका कार्यक्रम शीर्ष नेतासमक्ष प्रस्तुत भई पारित हुन बाँकी छ । देश र जनताका पक्षमा काम गर्न स्थापित सबै दलको लक्ष्य देश र जनता नै हुने भए पनि विचार र सिद्धान्तमा विविधता हुँदा सरकारका प्राथमिकता तय गर्न नै अनावश्यक रूपमा लामो समय खर्चिनु परेको देखियो । यही विविधतालाई एकरूप दिएर अघि बढ्नु प्रधानमन्त्रीको प्रमुख चुनौती हो ।
बुटवल सुख्खानगरमा रहेको एभरेस्ट इङ्लिस माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी शनिवार सम्पन्न भएको छ । अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनको अवसर पारेर विज्ञान सम्बन्धी नयाँ कुराको खोज, नयाँ कुराको प्रयोग र सृजनात्मक क्षमता बढाउने उद्देश्यले सो प्रर्दशनी गरिएको बताइएको छ ।
लाेकतन्त्रमा सार्वभौम नागरिकले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत् आफ्नो शासन आफैँ गर्छन् । नेपालको संविधानअनुसार दुई सदनात्मक सङ्घीय संसद् नै देशको सर्वोच्च विधायिकी अङ्ग हो । कार्यकारी अधिकारयुक्त कार्यपालिका संसद्मार्पmत नै जनताप्रति उत्तरदायी हुन्छ भने संसद्को अनुमतिबिना सञ्चित कोषबाट खर्च गर्न र कर लगाउन नपाइने हुँदा देशका समग्र ढुकुटीको साँचो पनि संसद्मै हुन्छ भन्न सकिन्छ । संसदीय समितिमार्पmत कार्यपालिकामाथिको निगरानी, जनताको प्रतिनिधित्व र जनइच्छाको अभिव्यक्ति गर्ने दायित्व पनि सांसदकै हो । संसद् र सांसदको दायरा यति बृहत् हुँदाहुँदै पनि संविधानको अधिकार क्षेत्रभित्र रहेर गरिने कानुन निर्माणको काम नै सर्वोच्च विधायिकी अङ्ग संसद्को पर्याय हो ।
वि.सं. २०७८ मङ्सिरपछि वस्तु आयातमा गरिएका कडाइले देशको अर्थतन्त्र सुधारोन्मुख देखिँदै आएको छ । गएका वर्षहरूमा विदेशी विनिमय सञ्चितिमा कमी आएसँगै विलासी वस्तु आयातमा कडा गरिएको थियो । आयातमा गरिएको कडाइसँगै विदेशी विनिमय सञ्चिति बढेको छ । चालू आर्थिक वर्षका पछिल्ला महिनामा वैदेशिक रोजगारीबाट प्राप्त अर्थात रेमिट्यान्स रकम पनि बढ्दै गएको छ । यसले गर्दा देशको शोधनान्तर स्थिति बचतमा देखिएको छ । व्यापार घाटामा कमी आएको छ । सोही कारण देशको अर्थतन्त्र सकारात्मक देखिएको भनिएको छ । रेमिट्यान्स आयमा शोधनान्तर बचत देखिए पनि मूल्य वृद्धि आमसर्वसाधारणले सहजै धान्न सकिने खालको छैन । केही सूचकाङ्कमा सुधारले अर्थतन्त्रको बाटो सुधारतर्फ गएको भन्न मिल्छ र ? यसमा सबैको उस्तै धारणा पाउन सकिन्न ।
सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयले प्रतिबन्धित गाँजा खेती बढाउँदै लगेका छन्। सडक नपुगेको यहाँस्थित चुरेका दुर्गम गाउँमा बसोबास गर्ने स्थानीयले राम्रो आम्दानी हुने देखेर गाँजाको खेती गर्ने क्रम बढ्दो छ। प्रहरी प्रशासन बिरलै पुग्ने चुरेपाखोका बस्तीमा स्थानीयले बारीभरि गाँजा रोपेका छन्। प्रहरी पुगेर एक हप्तादेखि चुरेका पाखो बारीमा लगाइएको गाँजा नष्ट गरिरहेका छन्।
प्रभावकारी अनुगमन नगर्दा नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननपछि महोत्तरीसहितका क्षेत्रको डरलाग्दो अवस्था देखिएको छ। जिल्ला अनुगमन तथा समन्वय समिति महोत्तरीले जिल्लाको भङ्गहा, बर्दिबास र गौशाला नगरपालिकामा भइरहेको प्राकृतिक दोहनको अनुगमनपछि निकालेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो। सार्वजनिक प्रतिवेदनमा प्राकृतिक सम्पदाको रूपमा रहेको नदीजन्य वस्तुले विकास निर्माणलाई सहज भए पनि उत्खननमा सजगता तथा नियन्त्रण नअपनाउँदा डरलाग्दो परिस्थितिको सिर्जना भएको उल्लेख छ।
धनुषाको चुरे तथा भावर क्षेत्रमा रहेको वन जङ्गलबाट पछिल्लो समय काठ चोरी तस्करी बढेको छ। तस्करहरूले काँचो साल, खयर, कर्मालगायत जातका रुख कटान गरी तस्करी गर्दै आएका छन्। तस्करहरूले प्रहरी प्रशासन र वन कर्मचारीको पहुँच कम भएको स्थानमा गएर दिनदहाडै रुख कटान गरी राति तस्करी गर्ने गरेका छन्। उनीहरूले जङ्गलभित्रै रुख कटान गरी त्यसको कडी, पटहा फलीलगायत चिरान गरेर तस्करी गरिरहेका हुन्छन्।
व्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक जना बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दीपेन्द्र विष्ट शनिवार तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मा छम्बा र यार्जाङ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । गत २०७६ को बुद्ध जयन्तीको अवसरमा निर्माण सुरु गरिएको यार्जाङ गुम्बा दुई रोपनी जग्गामा निर्माण भएको हो । यार्जाङ गुम्बा निर्माणका लागि करिब एक करोड ५० लाख रुपियाँको लागतमा र सात रोपनी जग्गामा छम्बा गुम्बा तीन करोड ५० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको प्रमुख लामा तथा खेन्पो पेमछि शेर्पाले जानकारी दिनुभयो ।
पछिल्लो दुई वर्षमा झन्डै सात लाख नेपाली स्वदेश फर्किएका छन् । श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार आ.व. २०७७/७८ र २०७८/७९ मा छ लाख ७४ हजार ९१२ जना नेपाली स्वदेश फर्किएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सञ्चालनमा आएसँगै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क समेटिएको जानकारी दिनुभयो । विभागले २०७५ देखि नै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क राख्ने बताउँदै आए पनि यकिन तथ्याङ्क राख्न सकेको थिएन । पछिल्लो वर्षदेखि फेमिस सञ्चालनपछि मात्रै व्यवस्थित रूपमा तथ्याङ्क राख्ने गरिएको हो ।
आन्तरिक राजस्व विभागले करको दायरामा आउने उद्योग/साझेदारी फर्मलाई कर छुटको व्यवस्था गरेको छ । आर्थिक ऐन, २०७९ को दफा २५ अनुसार दर्ता गरेका कुनै उद्योग/साझेदारी फर्मलाई तीन वर्षको आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने भएको हो । दर्ता भएका व्यक्ति/उद्योगले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७५/७६, २०७६/७७,२०७७/७८ को आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।
विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई अपूर्ण भन्दै खारेजीको माग गरेका छन् । पछिल्लो संशोधनलाई विराटनगरका केही उद्योगीले सकारात्मक भन्दै स्वागत गरे पनि अर्का एकथरी उद्योगीले खारेजीको माग गरेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले संशोधनको धेरै बुँदा जटिल रहेकाले यस मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्ने माग गर्नुभयो ।
त्रियुगा नगरपालिकाले गाईघाट बजारको मुख्य चोकमा स्थानीय पहिचान झल्किने गाईको प्रतिमासहितको स्तम्भ निर्माण गरेको छ। नगरपालिकाको करिब १९ लाख रुपियाँको लागतमा राष्ट्रिय जनावर गाईको बाच्छोसमेत निर्माण गरिएको उक्त स्तम्भसहितको प्रतिमा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले एक समारोहका बीच शनिबार अनावरण गर्नुभएको छ।