दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले साहित्य र समाजसेवामा संलग्न चार व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिएको हो। कार्यक्रममा प्रा.डा. सुरेशराज शर्माले विशिष्ट व्यक्तित्व त्रिपाठीलाई ५५ हजार ५५५ रुपियाँसहित दैवज्ञ विशिष्ट स्रष्टा सम्मान प्रदान गर्नुभएको हो। त्यसैगरी अग्रज कवि जसराज किराँती, बालसाहित्यकार गोपालप्रसाद पोखरेल र समाजसेवी सीता पोखरेललाई पनि प्रतिष्ठानले पुरस्कृत गरेको छ।
गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले पनि बजाउन थालेपछि बाजाको महत्व बढेको छ।
गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा पुनः सार्वजनिक गर्नुभएको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ। विकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुङ्गानाको अभिनय रहेको छ।
कैलालीको एक क्रसर उद्योगले बालुवा प्रशोधनको मात्रै अनुमति लिए पनि गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारले विपत्को समयमा उद्धार तथा राहतलाई सहज बनाउन प्रविधिको प्रयोगमा जोड दिने भएको छ। भौगोलिक विकटताका कारण उद्धार तथा राहतमा ढिलाइ हुँदा क्षति बेहोर्दै आएको अवस्थालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको हो। विपत्सँग जुध्न कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उद्धार र राहतका लागि हवाई यन्त्र ‘ड्रोन’ को प्रयोग थालेको छ। विपत्को समयमा हुने जोखिम घटाउन प्रविधिको प्रयोग सुरु गरिएको मन्त्रालयका सचिव दिनेश सागर भुसालले बताउनुभयो। उहाँका भन्नुभयो, विपत्को समयमा ड्रोनको सहायताबाट उद्धारको काम गरिनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अहिले उक्त प्रयोजनका लागि एउटा ड्रोन छ। अन्य कतिपय मन्त्रालयमा पनि ड्रोनको व्यवस्था गरिएको सचिव भुसालले बताउनुभयो।
कालीकोटमा कुनै पनि दिन इन्टरनेट सेवा सहज चलेको छैन। सेवा सुरु भएयता प्रायः इन्टरनेट सेवा ठप्प जस्तै छ। नेपाल टेलिकमबाट सञ्चालित एडीएसएल सेवा लिएका इन्टरनेटका ग्राहकहरू वर्षौंदेखि मर्कामा छन्। छिटफुट नेटवर्क देखिए पनि काम भने पटक्कै गर्दैन। एडीएसएल सेवाका ग्राहक सबैभन्दा बढी मारमा छन्। निजी इन्टरनेट प्रदायक संस्था एभरेस्ट, वल्र्ड लिङ्कले भने राम्रो सेवा दिएको भन्दै त्यसतर्फ सेवाग्राही आकर्षित हुन थालेका छन्। नेपाल टेलिकमले दिने सेवाभन्दा मोबाइलमा पनि एनसेल कम्पनीको डाटा राम्रो भएको भन्दै धेरैजसोले एनसेलको सिम प्रयोग गरिरहेका छन्।
छाडा चौपायाका कारण कैलाली, कञ्चनपुरका किसान समस्यामा परेका छन्। छाडा गाईगोरुले खेतीपातीमा नोक्सान गर्न थालेपछि उनीहरू समस्यामा परेका हुन्। चौपायाले गर्दा हैरान भएको किसानले बताएका छन्। छाडा गाईगोरुले बाली सखाप पार्न थालेको उनीहरूको भनाइ छ। “छाडा चौपायाबाट खेतीपाती जोगाउनै मुस्किल भएको छ,” कैलारी गाउँपालिका–७ का किसान खेमराज चौधरीले भन्नुभयो, “राति आएर बाली खाइदिइरहेका छन्।” उहाँका अनुसार दिनभरि वसन्ता जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा गएर गहुँ, मसुरो नोक्सान गरिरहेका छन्। कतिपय ठाउँका किसान त छाडा चौपाया धपाउनकै लागि खेतमा रातभरि जाग्राम बस्ने गरेको जनाइएको छ।
बैतडीको सुर्नया गाउँपालिका–५ को पल्लो धुलिधारमा खानेपानीको हाहाकार छ। तल खोलाबाट दुई घण्टा दिनहुँ पानी बोक्नु पर्दा यहाँका अधिकांश महिलाको पाठेघर खस्ने समस्या छ। यहाँका बासिन्दाले जनप्रतिनिधि वा पार्टीका नेतासँग धुरुधुरु रोएर खानेपानीकै माग गर्ने गरेका छन्। २०७४ सालको निर्वाचनमा खानेपानीको माग गरेका मतदाताले पाँच वर्षसम्म पनि माग पूरा नभएको बताए। चुनावका बेला खानेपानी दिन्छु भनेर उम्मेदवारले भोट मागे पनि चुनावी वाचा पूरा नहुँदा यस पटकको निर्वाचनमा समेत धुलिधारवासीले खानेपानीकै माग दोहो¥याएको स्थानीय भरत
लुम्बिनी प्रदेश सरकारले विपत्का घटनामा खोज तथा उद्धार कार्यलाई सहज बनाउन जोखिम क्षेत्रमा हेलिप्याड बनाउने योजना अघि सारेको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभरका विपत्का घटनाबारे विश्लेषण गर्दै जोखिम क्षेत्रमा हेलिप्याड निर्माण गर्ने योजना बनाएको हो। मन्त्रालयका अनुसार विपत् व्यवस्थापनका लागि योसहित मुख्यमन्त्री उद्धार राहत कोष स्थापना र सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यस्तै आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना र प्रदेशभित्र एकीकृत जोखिम व्यवस्थापन केन्द्र स्थापना गरी पूर्वसचेतना प्रणाली जडान गर्ने योजना बनाइएको छ।
कपिलवस्तुको दक्षिणी क्षेत्रमा खाना पकाउनका लागि परम्परागत रूपमा गुइँठाको प्रयोग बढ्दै गएको छ। गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्। कपिलवस्तु नगरपालिका–६, थुम्हवाकी आनारा यादव जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन व्यस्त हुनुहुन्छ। गोबर सुकाएर गुइँठा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिन्छ।
बागलुङको जैमिनी नगरपालिकाका तीनवटा वडाको संगमस्थल माईकोस्थान मन्दिर क्षेत्र हो। जैमिनी नगरपालिका वडा नं.–१० राङखानी, वडा नं.–४ सर्कुवा र वडा नं.–७ जैदीको माथिल्लो भागमा अवस्थित माईकोस्थान मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ।
हिन्दु धर्मको इतिहासमा देवदेवीको नाममा सरकार तथा सर्वसाधारणले समेत आफ्नो आयस्ताको केही अंशका रूपमा नगद वा जग्गा दान गर्ने परम्परा परापूर्वकालदेखि रहँदै आएको पाइन्छ । देव गुठीका रूपमा रहने यस्ता देवस्वको संरक्षणलाई धार्मिक पुण्य तथा हिनामिनालाई पापका रूपमा लिइने गरेको प्रचलन आमहिन्दुका निम्ति नौलो विषय होइन तर बदलिँदो समय परिस्थितिसँगै यस्ता देव गुठी तथा देवस्वमाथि आँखा गाडेर आर्थिक अनियमितता गर्नेका जमात बढ्दै गएको पाइन्छ । धर्मभीरु भनेर सामाजिक परिचय पाएका कतिपय समुदायको संस्थागत संरचनाबाट यस प्रकारका गतिविधि हुनु निश्चित रूपमा दुःखदायी विषय हो । यस प्रकारका गलत कार्य रोक्न सरकार, जनता तथा यस
“भ्रष्टाचारविरुद्ध लाग्नु, उत्रिनु सुशासन होइन, यो फगत आत्मरक्षाको क्षणिक कवच हो र सधैँ एकपक्षीय हुन्छ ।” जो बाइडेन – ६५ करोड रुपियाँ भित्र्याएको र स्रोत नखुलेका कारण अछामका व्यापारी पृथ्वीबहादुर शाह पक्राउ परेका छन् । – प्रधानमन्त्रीले निर्देशन दिए पनि डीएल नेम्वाङको मोबाइल सेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत भयो ।