• १३ पुस २०८२, आइतबार

‘फूलैफूल दिन्छौ कि’ सार्वजनिक

blog

काठमाडौँ, पुस २४ गते । गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा पुनः सार्वजनिक गर्नुभएको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ। विकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुङ्गानाको अभिनय रहेको छ।