शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १३ गते । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार दिनेश अधिकारीको शब्द रचनाको गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । गीतको निर्देशन निकेश खड्काले गर्नुभएको हो ।
टुवेल्भ नोटसले प्रकाशनमा ल्याएको गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ । गीत र कविताको मिश्रण रहेको यो सिर्जनाले नेपाली गीतसङ्गीतका श्रोतालाई एउटा फरक स्वाद दिने छ भन्ने विश्वास सङ्गीतकार लम्सालको छ ।