राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम –कोरला सडकअन्तर्गत पुल र सडक निर्माणको ठेक्का सम्झौता गरी निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी (ठेकेदार) काममा फर्कन थालेका छन्। पुसको पहिलो हप्ता आयोजनाले पुल र सडक निर्माणको ठेक्का लिएर लामो समय योजना अलपत्र पार्ने आठवटा निर्माण कम्पनीलाई तत्काल काममा नफर्किए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचना जारी भएसँगै ती
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पर्याप्त खानेपानी पु¥याउनका लागि ४८ करोड रुपियाँको लागतमा नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ। सङ्घीय सरकारको लगानीमा सुनवल नगरपालिका–१, २, ३, ४, ५, ६ र १० का उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरिएको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनुभयो। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलको प्रत्यक्ष निर्देशनमा सुनवलमा ४८ करोड ६६ लाख ४१ हजार ६८२ रुपियाँको लागतमा नयाँ खानेपानी आयोजना बन्न लागेको सो आयोजनाका इन्जिनियर उत्सव पोखरेलले बताउनुभयो।
गृह मन्त्रालयले देशभर रहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि बारामा रहेका १२ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएका छन्। लामो समयदेखि सञ्चालित अवैधानिक क्रसर उद्योगहरूको विद्युत् लाइन काटेपछि जिल्लाका विभिन्न ठाउँमा रहेका अधिकांश क्रसर उद्योग हाललाई पूर्ण रूपमा बन्द गरिएका छन्। गृह मन्त्रालयले २०७९/०९/२० गते जारी गरेको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा अन्य सरोकारवाला निकायसहितको टोलीले लाइन काटेको हो।
राजेन्द्र बजगाईं नेपाली साङ्गीतिक क्षेत्रमा परिचित नाम हो। बर्दिया, बढैया तालका बासिन्दा बजगाईंको कर्मथलो राजधानी काठमाडौँ हो। गुरु तिलकसिं पेलासँग प्रशिक्षित उहाँको सान्निध्य गुरु गुरुदेव कामतसँग पनि भयो। कामतसँग प्रशिक्षण लिएपछि उहाँ मूलधारको सङ्गीतमा देखा पर्नुभयो। आफ्नो क्षमता थप निखार्न बजगाईंले गुरु चण्डीप्रसाद काफ्लेसँग अध्ययन गर्नुभयो। साङ्गीतिक क्षेत्रमा निखार आएपछि बर्दिया फर्केर उहाँले साधना सङ्गीत प्रशिक्षण केन्द्र स्थापना गर्नुभयो।
भीमदर्शन रोका स्मृति कोषले ‘भीमदर्शन आदर्श गुरु सम्मान–२०७९’बाट प्रा. गोपीकृष्ण शर्मालाई सम्मान गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. महेश्वर शर्माले प्रा. शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो। सोही अवसरमा ‘भीमदर्शन आदर्श सेवा सम्मान’ गायत्री चेतना केन्द्र, नेपाललाई प्रदान गरियो।
दोलखामा स्थापना भएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना (जिक्याप) क्षेत्रभित्र सञ्चालित होमस्टे कोरोना महामारी हटेपछि पुनः सञ्चालन हुन थालेका छन्। कोरोना माहामारीका कारण ठप्प हुन पुगेका जिक्याप क्षेत्रभित्र दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा समेत सञ्चालनमा रहेका ८२ वटा होमस्टे पुनः सञ्चालन हुन थालेको आयोजनाले जनाएको छ।
साहित्यका विधाहरूमा अन्यका तुलनामा कविता बढी फस्टाएको देखिन्छ । तर कविता लहडको विषय होइन । सनातनदेखि मन्त्र र ऋचाबाट साहित्यको प्रारम्भ भएको हुँदा कविताले लोकप्रियता प्राप्त गरेको हो । कहलिएका आख्यानकारहरूको प्रारम्भिक यात्रा पनि कविताबाटै सुरु भएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र बालुवा खानी सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ। गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया पूरा गरे नगरेको छानबिन गर्न निर्देशन दिएसँगै धादिङमा सञ्चालनमा रहेका १७१ वटा क्रसर, बालुवा धुने फिरफिरेलगायतका खानी आइतबारबाट बन्द गराइएको हो।
रञ्जना निरौलाको निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ भर्खरै सार्वजनिक भएको छ । निरौलाले आफ्नै जीवनीय अनुभूतिलाई मूल विषयवस्तु बनाएर फरक चिन्तन र विचारपरक भावधारालाई निबन्धमार्फत अवतरण गराएकी छिन् ।
माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।
मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको अधिवेशन विधिवत् रूपमा सोमबारदेखि प्रारम्भ भएको छ । विभिन्न राजनीतिक धार तथा विचार बोकेका जननिर्वाचित प्रतिनिधिको उपस्थितिले प्रतिनिधि सभाको पहिलो बैठक वास्तवमै समावेशी देखिएको छ । समावेशिता वर्तमान संविधानले मार्गनिर्देश गरेको सुन्दर पक्ष हो । त्यसैले पनि मुलुकको लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न यो प्रतिनिधि सभाका सामुन्ने ठूलो जनविश्वास छ । नयाँ संविधानको सुदृढीकरणबाटै मुलुकले आर्थिक तथा सामाजिक रूपमा अग्रगामी बाटो लिने विश्वाससमेत बढेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। अब भने ७७वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फतै हुने भएको छ। आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले माघ २ गतेबाट नामावली दर्ता प्रक्रिया सुरु हुने बताउनुभएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि साउन १९ गतेदेखि मतदाता नामावली दर्ता स्थगित भएको थियो।
दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
राष्ट्रिय सभा सदस्यले जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई सम्बोधन गर्दै अगाडि बढ्न नवनिर्वाचित जनप्रतिनिधि संस्थालाई आग्रह गर्नुभएको छ। सरकारका थुप्रै चुनौती रहेको बताउँदै उहाँहरूले ती चुनौती अवसरका रूपमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको १३औँ अधिवेशनको सोमबार बसेको पहिलो बैठकमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सदस्य उर्मिला अर्यालले नागरिकता विधेयक तुरुन्तै संसद्बाट अनुमोदन गरी व्यवस्थित गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “निर्माण उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुनेगरी विकास गर्न, संवाद गरेर सार्कलाई गतिशील बनाउन तथा प्युठान–बाग्लुङ राजमार्ग निर्माणका लागि सहजीकरण गर्न तथा तराई–मधेश र उत्पीडित समुदायका महिलालाई अर्थोपार्जनमा सक्रिय सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ।”